कप्तान रेनुकाको घाँटीमुनीको हड्डी भाँचियो , साफ च्याम्पियनसिप गुमाउने खतरा
- असार २१, २०७९ मा प्रकाशित
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी घाइते भएकी छिन्।अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सोमबार प्रशिक्षणका दौरान उनी घाइते भएकी हुन्।
लगत्तै उनलाई शल्यक्रियाका लागि बी एन्ड बी अस्पताल लगिएको थियो। उनको घाँटीमुनीको हड्डी भाँचिएको छ।एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्बाङले रेनुकाको स्वास्थ्यलाभको कामना गरेका छन्।
घाइते भएका कारण मिडफिल्डर रेनुकाले दुई महिनापछि नेपालमा आयोजना हुने तय महिला साफ च्याम्पियनसिप गुमाउने खतरा बढेको छ।महिला साफ आगामी भदौ १३ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशाला हुँदै छ ।
सन् २०१० देखि नेपाली राष्ट्रिय टिममा रहेकी रेनुका सशस्त्र प्रहरी बलको एपिएफ महिला फुटबल टिमकी कप्तान समेत हुन्। सात नम्बरको जर्सीमा मैदान उत्रने उनले नेपाली टिमबाट साग, साफ च्याम्पियनसिप र ओलम्पिक छनोट खेलेकी छिन्।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments