११ महिनामा कुरकुरे र चिजबल्स खाएर सकियो ६६ करोड
- असार २०, २०७९ मा प्रकाशित
काठमाडाैं । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमै नेपालमा ६६ करोड ६५ लाख २५ हजार रुपैयाँको कुरकुरे, कुरमुरे, लेज र चिजबल्स आयात भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि जेठ महिनासम्मको अवधिमा उक्त मूल्यको कुरकुरे, कुरमुरे, लेज र चिजबल्स आयात भएको हो ।
यस अवधिमा नेपालीले उक्त मूल्य बराबरको १४ लाख २४ हजार किलोग्राम कुरकुरे, कुरमुरे, लेज र चिजबल्स आएका छन् ।यो तथ्यांकले नेपालले प्रत्येक वर्ष यस्तै वस्तुको आयातमा करोडौं रुपैयाँ बाहिर पठाइरहेको देखिन्छ । नेपालले विश्वका एक दर्जन देशबाट यस्ता वस्तुको आयात गर्दै आइरहेको छ ।
यस अवधिमा भारतबाट ५२ करोड ५१ लाख रुपैयाँको कुरकुरे, कुरमुरे, लेज र चिजबल्स आयात भएको छ । यो नेपालले यी वस्तु आयात गर्दै आएको अन्य मुलुकहरूको तुलनामा सबैभन्दा धेरै हो ।
यस्तै, मलेसियाबाट १२ करोड रुपैयाँको र दक्षिण कोरियाबाट ७७ लाख रुपैयाँको आयात भएको छ । यसैगरी, चीन, बंगलादेश, अमेरिका, बेलायत, साउदीअरब, जापान, इण्डोनेसिया लगायतका मुलुकबाट समेत नेपालमा यस्ता वस्तु आउने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments