एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् । उनले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको एक सातासमेत नबित्दै ट्रम्पको यस्तो पोस्ट सार्वजनिक भएको हो । मादुरोको गिरफ्तारीपछि भेनेजुएलामा डेल्सी रोड्रिगेज हाल कार्यवाहक राष्ट्रपतिको भूमिकामा रहेकी छन् ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरी न्यूयोर्क लगिएको छ। उनीहरूमाथि लागूऔषध तथा आतंकवाद षड्यन्त्रको आरोपमा मुद्दा चलिरहेको छ।



























Discussion about this post