[t4b-ticker]
Sunday, April 26, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

    शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

    संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

    संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

    सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

    सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

भूकम्पको १० वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन २३, २०८२ मा प्रकाशित
✅ Uncategorized
भूकम्पको १० वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
23
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क ।  विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ । यस वर्षको वर्षात् सुरू हुन लागेसँगै कुमारी घरभित्र पानी छिर्न थालेपछि पुरातत्व विभागले नै पालले कुमारी घरमा ओत लगाएको हो । पानी चुहिन थालेपछि त्रिपालको ओत लगाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

गत आर्थिक वर्षमै कुमारी घरमा पानी चुहिन थाले पनि यो आर्थिक वर्षमा पनि बजेट नभएकाले अर्को वर्ष बजेट राखेर मर्मत गरिने उनले बताए । इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारी र वसन्तपुर दरबार क्षेत्रका स्थानीयवासी भने एक दशकअघिको भूकम्पदेखि नै कुमारी घर टेकोका भरमा राखिए पनि सरोकार भएका निकायले ध्यान नदिएको गुनासो गर्छन् ।

याे पनिपढ्नुहाेस्

कोशी प्रदेश : आफ्नै गढमा कांग्रेस, एमाले पछारिँदा हर्ककाे श्रम संस्कृति बन्यो दोस्रो ठूलो दल

नेपालमा एकसाथ दुई मौसम प्रणाली, आज यी स्थानमा पर्नेछ पानी: मौसम महाशाखा

कुमारी घरमा १० वर्षअघिको भूकम्पले क्षति पुर्‍यायो । भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरे । पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उनले कुमारी घरलाई पुनर्निर्माणको सूचीमा राख्न निर्देशन दिएको अहिले पनि इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यको स्मरणमा ताजै छ । देशका कार्यकारी प्रमुखले दिएको निर्देशन पनि कार्यान्यवयन नहुँदा अहिले कुमारी घर पालको ओतमा जोगाउनु पर्ने अवस्थामा पुगेको हो ।

कुमारी घरमा भूकम्पले गरेको क्षतिका बारेमा गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले छुट्टाछुट्टै प्राविधिक अध्ययन गरे । तीनवटै निकायले एक–एक महिना लगाएर भवनको प्राविधिक अध्ययन गरेको १० वर्ष बितिसक्दा पनि भवन भने टेको र पालको भरमा अडिएको देख्न सकिन्छ । कुनै पनि निकायले पुनर्निर्माणमा चासो देखाएका छैनन् ।

सनातनदेखि चलिआएको इन्द्रजात्रामा जीवित देवी कुमारीको पनि रथयात्रा गराउने चलनको सुरूआत मल्लकालमा भयो। कुमारीको रथयात्रा चलाउन कुमारी राख्ने घर जयप्रकाश मल्लका पालामा बनेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष शाक्य बताउँछन् । त्यसपछि बेलाबेलामा भवनको मर्मतसम्भार गरिए पनि पुनर्निर्माण भएको छैन ।

करिब तीन दशकअघि चार इञ्चको चिल्लो इँटाको गारो बाहिरबाट थपिएकाले भवन नयाँ नै हो कि भन्ने लाग्छ । मल्लकालीन भवन भएकाले भूकम्पले भित्रभित्र जीर्ण बनेको छ । जीर्ण भवनको छानोमा पनि समस्या भएकाले पानी भित्र छिर्न थालेकाले विभागलगायत निकायलाई खबर गरेपछि पालको ओत हालिएको उनले सुनाए ।

भित्री गारो जीर्ण भएकाले भवन जोखिममा परेको समितिले जनाएको छ । कुमारी घरको पश्चिमी भागमा भित्रबाट टेको लगाएर राखिएको छ । इन्द्रजात्रामा गुठी संस्थानले प्रयोग गर्ने कोठासमेत रहेको पश्चिमी भाग धेरै जीर्ण भएकाले नै तालाबन्दी गरी राखिएको छ । वसन्तपुर डबलीको भागमा भने बाहिरपट्टिबाटै टेकोका भरमा कुमारी घरलाई अड्याइएको छ ।

‘भवनको भित्री भाग चर्किएको छ, दलिन कुहिएको छ, वरिपरि टेकोका भरमा भवन अडिएको छ, भित्री चोकको टेको भने तीन वर्षअघि इन्द्रजात्राका बेला निकालियो, भर्‍याङ जीर्ण भएर हनुमानढोका दरबार हेरचाह अड्डाले बनाइदिएको छ, मूल भवन भने अझै बनाउने अत्तोपत्तो छैन’, उनले भने ।

जीवित देवीका रूपमा पुजिने कुमारी घर बनाउन तीन वर्षअघि नै काठमाडौँ महानगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरे पनि काम भने सुरू गरेन । त्यसबेला महानगरपालिका–२३ का अध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन खोजे पनि बजेट अपुग भएर काम सुरू हुन नसकेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ ।

महानगरपालिकाले दुई वर्षअघि कुमारी घर पुनर्निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको थियो । पुनर्निर्माणका लागि रु तीन करोड बजेट लाग्ने अनुमानित लागत यसअघि नै तयार गरिएको भन्दै त्यसबेला पनि काम सुरू हुन सकेन ।

पुनर्निर्माणको लागत एकैपटक जुटाउन नसक्दा काम हुन नसकेको दरबार संरक्षण कार्यक्रमले जनाएको छ । दरबार क्षेत्रका सम्पदा हेर्न महानगर र पुरातत्व विभागले फरक फरक निकायको स्थापना गरे पनि संरक्षणमा ध्यान नदिएको स्थानीयवासी सन्तबहादुर श्रेष्ठ बताउँछन् ।

घरबाट वर्षमा १३ पटक निकालिन्छ कुमारीलाई

कुमारी घरबाट वर्षमा १३ पटक विभिन्न सांस्कृतिक गतिविधिका लागि कुमारीलाई निकाल्ने गरिन्छ । इन्द्रजात्राकै क्रममा तीन पटक कुमारीलाई घरबाट बाहिर निकालिन्छ । बडादसैँमा हनुमानढोका दरबारमा कुमारीको पूजाआजा गरिन्छ । रामनवमीका दिन कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिन्छ ।

चैते दसैँकै बेला हुने सेतो मच्छेन्द्रनाथको रथयात्राका क्रममा कुमारीलाई लगनटोल लगिन्छ । माघ महिनामा हुने सेतो मच्छेन्द्रनाथको स्नानका क्रममा पनि कुमारीलाई मच्छेन्द्रबहाल लैजाने परम्परा छ । गाईजात्राको भोलिपल्ट ठमेलस्थित भगवानबहालमा लगिन्छ ।

गाईजात्राको भोलिपल्ट ठमेलमा बौद्धमार्गीका बहिल देवताको प्रदर्शनी गरिएको हुन्छ । माघमै चाँगुनारायणलाई हनुमानढोका दरबार ल्याउने क्रममा पनि कुमारीलाई घरबाट निकालेर दर्शनका लागि लगिन्छ । गाईजात्राको चार दिनअघि पनि चाँगुनारायणलाई हनुमानढोका दरबारमा ल्याउँदासमेत कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीमा पचलीभैरव जात्रा हनुमानढोका दरबार लैजाँदा पनि कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ । यसैगरी घोडेजात्राका क्रममा कुमारीलाई नेपाल वायु सेवा निगम भवनको तेस्रो तलामा लगेर राखी जात्रा देखाउने परम्परा रहिआएको छ । विसं २०६५ मा कुमारी परम्परा सुरू भएको दुई सय ५० वर्षको विशेष कार्यक्रम गरी मनाइएको थियो ।

सम्बन्धित-समाचार

स्थानीय आन्दोलनबाट माथि उठेका हर्क: जेन्जी आन्दोलनमा शहर जोगाए : सडक आन्दोलन गरेर मेयर जिते
Uncategorized

कोशी प्रदेश : आफ्नै गढमा कांग्रेस, एमाले पछारिँदा हर्ककाे श्रम संस्कृति बन्यो दोस्रो ठूलो दल

✍ सूचना पाेर्टल
फाल्गुन २८, २०८२ मा प्रकाशित
0

इटहरी ।  नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्र मानिन्छ। राणा विरोधी आन्दोलनदेखि पञ्चायत विरोध, माओवादी जनयुद्धपछि...

नेपालमा एकसाथ दुई मौसम प्रणाली, आज यी स्थानमा पर्नेछ पानी: मौसम महाशाखा
Uncategorized

नेपालमा एकसाथ दुई मौसम प्रणाली, आज यी स्थानमा पर्नेछ पानी: मौसम महाशाखा

✍ सूचना पाेर्टल
फाल्गुन २४, २०८२ मा प्रकाशित
0

इटहरी । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको...

सुनसरी ३ मा भगवती चाैधरी नै किन ? “नारा होइन, नतिजा”: शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

सुनसरी ३ मा भगवती चाैधरी नै किन ? “नारा होइन, नतिजा”: शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

फाल्गुन १५, २०८२ मा प्रकाशित
सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

फाल्गुन १५, २०८२ मा प्रकाशित
‘फेक रेस्क्यु’मा संलग्न एउटै व्यवसायीका १० कम्पनी, सम्पत्ति छानबिन गर्दै सिआइबी

‘फेक रेस्क्यु’मा संलग्न एउटै व्यवसायीका १० कम्पनी, सम्पत्ति छानबिन गर्दै सिआइबी

फाल्गुन १२, २०८२ मा प्रकाशित
धादिङ बस दुर्घटना: १७ जना मृतकको सनाखत हुन बाँकी, २८ घाइते (नामावली)

धादिङ दुर्घटना: थप २ जनाको मृत्यु, मृतकको संख्या १९ पुग्यो

फाल्गुन ११, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी
समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

✍ सूचना पाेर्टल
बैशाख १२, २०८३ मा प्रकाशित
0

इटहरी । काठमाडौंको नदी किनारमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूलाई स्थानान्तरण गर्न सरकारले 'होल्डिङ सेन्टर' हरू तयार पारेको छ। पहिलो...

अरु पढ्नुहाेस्...
शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

बैशाख १२, २०८३ मा प्रकाशित
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

बैशाख ११, २०८३ मा प्रकाशित
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

बैशाख ११, २०८३ मा प्रकाशित
थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

बैशाख ११, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    76 shares
    Share 30 Tweet 19
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष