इटहरी । पूर्वाञ्चल विश्वविद्यालयको लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँ बजेट स्वीकृत भएको छ । आज सम्पन्न ४१ औं सभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट स्वीकृत गरेको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो ।
यस्तै उपकुलपति प्राडा विजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबीबीएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ ।



























Discussion about this post