[t4b-ticker]
Thursday, January 22, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

    इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

    बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

    ४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

    कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

    कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा

    निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

    निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

    बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

    सुनको मुल्य तीन लाख नजिक, एकै दिन १० हजारले बढ्यो

    गुटबन्दी र खुट्टा तानातानले के हुन्छ ? जेनजीलाई मन्त्री पुनले देखाए इतिहास

    अनि राजीनामा दिएर म्याग्दी हिडे महावीर

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

निर्माण सुरू गरेकाे ३० वर्ष बित्याे , अझै बनेन दमक–चिसापनी सडक

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ३०, २०८२ मा प्रकाशित
✅ काेशी
निर्माण सुरू गरेकाे ३० वर्ष बित्याे , अझै बनेन दमक–चिसापनी सडक
27
SHARES
Share on FacebookShare on Twitter

झापा । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिकाहुँदै पाँचथरको चिसापनी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । सडक निर्माणका लागि अबौँं लगानी भइसक्यो । तर, सडक निर्माणले पूर्णता पाउन भने सकेको छैन । स्थानीयवासीले पटक–पटक माग र दबाब गरे पनि सडकको अवस्था अझै दयनीय छ । ३३ किलोमिटरको यो सडकको अहिले रतुवा नदीको तिरैतिर ट्रयाक खोलिएको छ । जहाँ हिउँदमा धुलो र वर्षामा हिलोले यातायात र जनजीवन दुवै अस्तव्यस्त बनाइरहेको छ । सडक कालोपत्र नहुँदा बर्खामा मुस्किलले दमकदेखि चिसोपानीसम्मको यात्रा गर्नुपर्ने बाध्यता छ ।

दमक–चिसापनी सडक झापा र इलामलाई जोड्ने महत्वपूर्ण पहुँच मार्ग हो । झापा, इलाम र पाँचथरका हजारौँ नागरिकले दैनिक आवतजावत गर्ने र कृषि उत्पादनलाई बजासम्म पु¥याउने यो सडक निर्माण ढिलाइले स्थानीयवासी आक्रोशित छन् । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक (झापा) र पूर्व संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र माङसेबुङ (इलाम) जोड्ने सडक निर्माणले पूर्णता नपाउँदा नेतृत्वको आलोचना हुँदै आएको छ ।

याे पनिपढ्नुहाेस्

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए

आज झापा ५ का दक्षिणी क्षेत्रका कार्यकर्ता भेट्दै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने

ठेक्का लाग्यो, काम भएन
सो सडक निर्माणमा सरकारले लगानी नगरेको भने होइन । पटक–पटक गरी अबौंँ लगानी भइसकेको छ । तर, निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम नगरेकाले सडक निर्माणले पूर्णता पाउन नसकेको सडक डिभिजन दमकले जनाएको छ । ३३ किलोमिटर दुरी कालोपत्र गर्ने गरी ठेक्का लगाएको सात वर्ष वितिसक्यो । तर, काम भने आधा पनि भएको छैन । ट्र्याक चौडा र कालोपत्र गर्ने गरी सडक डिभिजन दमकले तीन खण्डमा ठेक्का लगाएको थियो ।

तीन वर्षमा काम पूरा गर्नेगरी लगाएको ठेक्काको म्याद पटक–पटक थप्दा समेत ठेकेदार कम्पनीले काम नगरेपछि सडक अलपत्र परेको छ । पहिलो खण्ड अन्तर्गत दमकको जिरो प्वाइन्टदेखि सात किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी २०७५ साल साउन २९ गते सम्झौता गरेको थियो । रु २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का सम्झौता भएको थियो । रतुवा नदीको भित्ता काटेर ट्रयाक खोलिसकेको सडक कालोपत्र मात्र गर्ने सो निर्माण कम्पनीको जिम्मा थियो ।

तर, चार पटक म्याद थपिँदासमेत कालोपत्र सकिएको छैन । अन्तिम पटक थपिएको म्याद २०८० साल असार मसान्तसमा सकिएको थियो । अहिले ठेकेदार कम्पनीले दैनिक जरिवानामा काम गरिरहेको सडक डिभिजन दमकका डिभिजन प्रमुख श्यामकुमार यादवले बताए । ‘अन्तिम पटक थपिएको म्याद दुई वर्ष अघि नै सकिएको हो । अहिले दैनिक जरिवनामा काम गरिरहेको छ ।पछिल्लो पटक कम्पनीले म्याद थपका लागि निवेदन दिएको छ, तर निर्णय गरिएको छैन,’ डिभिजन प्रमुख यादवले भने, ‘बीचबीचमा कालोपत्रको काम गरिरहेको छ । कामको प्रगति बढाउनुहोस् भनेका छौँ । काम गर्ने सुनिश्चितता भए म्याद थप हुन्छ, नभए जरिवानामा नै काम गर्छ ।’

दोस्रो र तेस्रो खण्डमा भने गत वर्षदेखि नै काम ठप्प छ । करिब आधा मात्र काम सकिएको सो खण्डमा सडक अस्तव्यस्त बनेको छ । दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्ड ११ किलोमिटर सडक चौडा गर्ने र कालोपत्र गर्ने ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । दुवै खण्ड सडक कालोपत्र गर्ने गरी २०७६ फागुन २ गते ठेक्का लागेको थियो । दोस्रो खण्ड रु ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड रु ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको थियो । दुवै खण्डको म्याद २०७९ फागुन २ गते नै सकिएको थियो । तर, म्याद थप गर्दा दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत मात्र सकिँदा काम रोकिएको हो ।

यी दुवै सडक खण्डको विषयमा अदालतमा मुद्दा परेपछि थप कुनै काम निरन्तर अगाडि सकेको छैन । डिभिजन प्रमुख यादवका अनुसार सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी–गणपति जेभीले काम नगरेपछि २०८० फागुनमा कार्यालयले ठेक्का सम्झौता रद्ध गरेको थियो । कार्यालयले ठेक्का सम्झौता रद्ध गरेपछि सरकारले बैंक ’ग्यारेन्टी‘ जफत ग¥यो । सो निर्णयको विरुद्धमा विपक्षी लुम्बिनी–गणपति जेभीले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो । तर उच्च अदालतले रिट खारेज गरिदिएको डिभजन कार्यालयले जनाएको छ ।

तर, त्यसअघि नै लुम्बिनी–गणपति जेभीले जिल्ला अदालत झापामासमेत अर्को मुद्दा दर्ता गरेको र अन्तिम किनारा नलागेकाले कुनै काम अघि बढ्न नसकेको डिभिजन प्रमुख यादवले बताए । ‘जिल्ला अदालत झापामासमेत साविकको ठेक्का सम्झौता यथावत् कायम गरिपाउँ भनी मुद्दा हालेको छ,’ उनले भने, ‘त्यो न्यायिक प्रक्रियामा छ, न्यायिक प्रक्रिया नटुङ्गिएसम्म केही गर्न सकिदैँन ।’ सो सडक निर्माणको सुरुवात २०४९ मा डा गोपाल कोइराला नेतृत्वको समितिले गरेको थियो । पछि विभिन्न समिति निर्माण गरी काम अगाडि बढाइएको थियो ।

नागरिकलाई सास्ती

सडक निर्माणको काम अलपत्र बनेपछि स्थानीयले भने सास्ती खेप्नुपरेको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा यात्रा गर्न निकै कष्टकर बनेको माङसेबङ गाउँपालिका–३ का सजन राईले बताए । ‘बर्खाको समयमा हिँडडुल गर्न समस्या छ,’ उनले भने, ‘हामी केटाकेटी हुँदा निर्माण सुरु भएको सडकले पूर्णता नपाउँदा मजस्ता हजारौँले सास्ती खेप्नु परिरहेको छ ।’ बर्खा लाग्नसाथ वर्षौँदेखिको समस्या ब्यूँतिने गरेको माङसेबुङ गाउँपालिका–२ की समीक्षा खड्काले बताइन् । ‘वर्षौदेखि बाटो बन्छ मात्र भन्छन्, नेताहरु चुनावमा यही बाटोलाई चुनावी अजेण्ड बनाउँछन् । तर बाटो अझै बनेन’, उनले भनिन्, ‘अहिले त झन् मुद्दा परेको भन्ने सुनिन्छ, यसले झनै हामीलाई निराश बनाएको छ ।’

माङसेबुङ गाउँपालिकाले मर्मत गर्दै
नागरिकहरुलाई आवतजातवमा सहजताका लागि माङसेबुङ गाउँपालिकाले आफ्नै लगानीमा मर्मत सम्भारको काम गर्दै आएको छ । गतवर्ष रु १५ लाख विनियोजन गरेर सडक मर्मत सम्भार गरेको माङसेबुङले यो वर्ष भने व्यवसायीलाई जेसिभी उपलब्ध गराएर सहयोग गरेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । ‘हामीले गत वर्ष रु १५ लाख विनियोजन गरेर सडक मर्मत सम्भार गरी सहज बनाएका थियौं’, अध्यक्ष राईले भने, ‘यो वर्ष पालिकाको तर्फबाट जेसिभी उपलब्ध गराएका छौँ, व्यवसायीहरुले इन्धन जुटाएर सामान्य मर्मतको काम भएको छ ।’ गाउँपालिकाको तर्फबाट छिटो काम अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गरिएको उनले बताए ।

सम्बन्धित-समाचार

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए
BANNER

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

झापा । झापा जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।कार्यालयका...

आज झापा ५ का दक्षिणी क्षेत्रका कार्यकर्ता भेट्दै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने
काेशी

आज झापा ५ का दक्षिणी क्षेत्रका कार्यकर्ता भेट्दै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नम्बर ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटवार्ता गर्दैछन्।...

झापा-५ का उम्मेदवार बालेन पुगे इलाम (तस्बिरहरू)

झापा-५ का उम्मेदवार बालेन पुगे इलाम (तस्बिरहरू)

माघ ८, २०८२ मा प्रकाशित
सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

माघ ७, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको उम्मेदवारी शून्य

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको उम्मेदवारी शून्य

माघ ७, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचन : झापामा १५ महिलासहित ९० जना मैदानमा

माघ ७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए
BANNER

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

झापा । झापा जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।कार्यालयका...

अरु पढ्नुहाेस्...
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै, भोली अन्तिम नामावली प्रकाशन

माघ ८, २०८२ मा प्रकाशित
मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

माघ ८, २०८२ मा प्रकाशित
कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस

माघ ८, २०८२ मा प्रकाशित
सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

माघ ८, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    31 shares
    Share 12 Tweet 8
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    34 shares
    Share 14 Tweet 9
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    31 shares
    Share 12 Tweet 8
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    30 shares
    Share 12 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष