[t4b-ticker]
Monday, April 13, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

    ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

    वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

    वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

    नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

    नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

    सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

    सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

    लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

    लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

    संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

    गृहमन्त्री गुरुङसँग ४ करोड ३१ लाखको सेयर, ८९ तोला सुन

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

प्रहरीकै सेटिङमा भित्रिन्छ अवैध माछा , व्यवसायीहरू भन्छन : “अब सडकमा निस्कनुको विकल्प छैन”

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २९, २०८२ मा प्रकाशित
✅ काेशी
प्रहरीकै सेटिङमा भित्रिन्छ अवैध माछा ,  व्यवसायीहरू भन्छन : “अब सडकमा निस्कनुको विकल्प छैन”
39
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाल र भारत दुवै सरकारले बिक्री वितरणमा प्रतिबन्ध लगाएको अफ्रिकन मांगुर जातिका माछा सुरक्षा निकायकै मिलेमतोमा कोशी प्रदेशका बजारमा भित्रिने गरेको व्यवसायीहरूले आरोप लगाएका छन्।नेपाल माछा पालन किसान संघले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरूले सुरक्षा निकायकै सेटिङमा अवैध भारतीय माछा भित्रिने गरेको पुष्टि गरेका हुन्।

सीमा क्षेत्रमा कुनै जाँचबिनै भारतीय माछा छाडिने गरेको भिडियोसमेत पदाधिकारीहरूले पत्रकारहरूलाई देखाएका थिए। व्यवसायीहरूले विराटनगरको जोगवनी, सुनसरीको भण्टाबारी, झापाको भद्रपुर नाकाबाट मोटरसाइकलमा लोड गरी अवैध रूपमा नेपाली बजारमा ल्याइने गरेको दृश्यसमेत देखाएका थिए।

याे पनिपढ्नुहाेस्

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका युट्युबर रोशन पोखरेल पक्राउ

सोही भिडियो सम्बन्धित जिल्लाका प्रशासन कार्यालय र सुरक्षा प्रमुखहरूलाई देखाए पनि अहिलेसम्म तस्करी नियन्त्रणमा कुनै भूमिका नखेलेको आरोप व्यवसायीहरूले लगाए।

व्यवसायीहरूका अनुसार सुनसरी, मोरङ, झापा र उदयपुरस्थित प्रशासन कार्यालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरिएको हो। नेपाल माछा पालन किसान संघका उपाध्यक्ष राम पौडेलका अनुसार सम्बन्धित जिल्लाका सिडिओहरूलाई सुरक्षा निकायकै मिलेमतोमा चोरिबाटोबाट भित्रिने माछाका भिडियोहरू देखाइए तापनि नियन्त्रणमा कुनै चासो नदेखाएको आरोप लगाए।

तीन सय कृषकको अर्बौंको लगानी संकटमा

अवैध माछाका कारण नेपाली कृषकले उत्पादन गरेको माछाले बजार पाउन छाडेकाले कोशी प्रदेशका तीन सय कृषकको अर्बौंको लगानी संकटमा परेको पत्रकार सम्मेलनमा बताइयो।

संघका सचिव तथा आठ वर्षदेखि माछा पालन गर्दै आएका कृषक पुस्प अधिकारीका अनुसार कोशी प्रदेशका सुनसरी, मोरङ, झापा र उदयपुरमा व्यवसायिक माछा पालन गर्दै आएका ३ सय कृषकहरूको पाँच हजार करोड रुपैयाँ बराबरको लगानी अहिले जोखिममा परेको छ।

अधिकारीका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा दैनिक २० टन माछा बिक्रीका लागि तयार रहे पनि भारतीय माछाका कारण मात्र ७ देखि ८ टन मात्र बिक्री हुँदै आएको छ।

फर्मालिन प्रयोग गरिएको प्रमाणित माछा खुलेआम बिक्री

माछालाई ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको प्रमाणित भएपछि अफ्रिकन मांगुर प्रजातिका माछाको नेपाल र भारतमा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो।

तर सीमामा खटिएका सुरक्षाकर्मीहरूले बिना रोकटोक माछा भित्राउने गरेका कारण प्रतिबन्धित माछा सुनसरीको इटहरी, धरान, तरहरा, दुहबी, मोरङको उर्लाबारी, विराटनगर, झापाका विभिन्न हाटबजारमा खुलेआम बिक्री हुने गरेको अधिकारीले बताए। यसले गर्दा नेपाली कृषकले उत्पादन गरेका माछाहरू अहिले बजार अभावमा संकटमा परेका छन्।

दैनिक १० टन माछा अवैध रूपमा भित्रिन्छ

कोशी प्रदेशका विभिन्न शहरमा भारतीय बजारबाट दैनिक १० टन माछा चोरबाटो हुँदै भित्रिने गरेको अनुगमनबाट फेला परेको पत्रकार सम्मेलनमा बताइयो। यी माछाका कारण नेपाली कृषकले उत्पादन गर्ने विभिन्न प्रजातिका माछा बजार नपाएर व्यवसाय नै छाड्नुपर्ने अवस्था आएको कृषकहरूको भनाइ छ।केहि कृषकहरू यस व्यवसायबाटै पलायन भइसकेकाे पत्रकार सम्मेलनमा बताइएकाे छ ।  

यदि सरकारले चाँडै ठोस कदम नचाले माछा पालन व्यवसायीहरू सरकारविरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी पनि दिए।कोशी प्रदेशका माछा पालन कृषकहरू पंगास, रोहु, रानी, कमलकार लगायतका प्रजातिका माछा उत्पादन गर्दै आएको जानकारी पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरूले दिए।

सरकारबाट सहयोग नपाएको गुनासो

कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर माछा पालनका लागि पकेट क्षेत्र मानिए पनि सरकारबाट कुनै सहयोग नपाएको कृषकहरूको गुनासो छ।सरकारले कृषीमा कराेडाै लगानी गरेपनि माछा पालकहरूकालागि अहिले सम्म कुनै अनुदान तथा केही सहयाेग प्रदान नगरेकाे उनिहरूकाे गुनासाे छ ।

पछिल्ला पाँच वर्षयता विशेष गरी सुनसरी, मोरङ र झापामा पंगास प्रजातिका माछा उत्पादन हुँदै आएको कृषक तथा माछा व्यवसायी संघ सुनसरीका अध्यक्ष देवराज महतले बताए।

प्रशासनको जवाफ : “हामीले रोक्छौं”

यसैबीच मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफ्नो क्षेत्रबाट कुनै प्रकारको माछा नेपाली बजारमा छिर्न नदिएको दाबी गरे। माछा कृषकहरूको गुनासो मध्यनजर गर्दै बिल–बिजक बिना भारतबाट आएका माछा तत्काल नियन्त्रणमा लिई नष्ट गरिने गरेको यादवले बताए।

त्यस्तै, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रहरीको आँखा छल्दै यदाकदा मात्र माछा भित्रिने गरेको स्वीकारे। हाल सीमाक्षेत्रमा लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रशासनले काम गरिरहेको भन्दै बिल–बिजक बिना भित्रिएका अवैध माछाहरू नियन्त्रण गरी नष्ट गर्ने काम भइरहेकको उनले बताए।

सम्बन्धित-समाचार

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते
काेशी

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

झापा । झापामा तीनवटा मोटरसाइकल एकै ठाउँमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आइतबार साँझ बुद्धशान्ति...

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका  युट्युबर  रोशन पोखरेल पक्राउ
काेशी

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका युट्युबर रोशन पोखरेल पक्राउ

✍ सूचना पाेर्टल
चैत्र २९, २०८२ मा प्रकाशित
0

इटहरी ।  युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ...

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

चैत्र २६, २०८२ मा प्रकाशित
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

चैत्र २५, २०८२ मा प्रकाशित
कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

चैत्र २३, २०८२ मा प्रकाशित
एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

चैत्र १९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम
समाचार

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

इटहरी । चितवन भरतपुरस्थित त्रिशुल फुड्स प्रा.ली. ले आफ्ना डिलर र ग्राहकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ईटहरीमा “जस्मिन दशैं–तिहार ट्रिपल धमाका...

अरु पढ्नुहाेस्...
झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

चैत्र ३०, २०८२ मा प्रकाशित
वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

चैत्र ३०, २०८२ मा प्रकाशित
नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

चैत्र ३०, २०८२ मा प्रकाशित
भारतीय गायिका आशा भोसलेको निधन

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

चैत्र ३०, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    319 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    323 shares
    Share 129 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    79 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    72 shares
    Share 29 Tweet 18
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    68 shares
    Share 27 Tweet 17
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    71 shares
    Share 28 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष