[t4b-ticker]
Friday, April 10, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

    श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

    पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

    पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

    पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

    पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिदै

    हाजिरी जमानीमा रिहा भए ओली र लेखक

    सिन्धुलीकाे जंगलमा लुकाएर राखेको अवस्थामा फेला पर्यो ४ नाल बन्दुक

    सिन्धुलीकाे जंगलमा लुकाएर राखेको अवस्थामा फेला पर्यो ४ नाल बन्दुक

    सिंहदरबार प्रवेशमा असहज भएपछि प्रशासकीय अदालतका सुनुवाइ रोक्न बारको पत्राचार

    सिंहदरबार प्रवेशमा असहज भएपछि प्रशासकीय अदालतका सुनुवाइ रोक्न बारको पत्राचार

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

पार्टी खोल्ने तयारीमा कुलमान : सबै क्षेत्रको समृद्धिकाे ‘उज्यालो मार्गचित्र’ तयार

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ १४, २०८२ मा प्रकाशित
✅ राजनीति
‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान
27
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाललाई लोडसेडिङमुक्त गराएकाे श्रेय पाएर ‘उज्यालोको नायक’को बिम्ब बनाएका विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नयाँ पार्टी निर्माणको तयारीमा जुटेका छन् । उनी निकट नयाँ पार्टी निर्माणको लाागि मतदाताहरुको मनोविज्ञान बुझ्न ‘उज्यालो नेपाल’ नामक अभियान लिएर यात्रामा निस्किएका घिसिङ देश तथा विदेशमा रहेका नेपालीहरुको सकरात्मक प्रतिक्रियाले उत्साहित भएका छन् ।

‘उज्यालो नेपाल’ नामक अभियान लिएर दौडधुपमा रहेका घिसिङ शनिबार युरोपको यात्रा सकेर नेपाल फर्किए । घिसिङ खाडी राष्ट्रहरुको भ्रमण सकेर अमेरिका, बेलायत र युरोपियन देशहरूको विभिन्न शहरहरूमा हुने कार्यक्रम तथा अन्तर्क्रियाहरूमा सहभागी भए । झन्डै दुईतिहाइको शक्तिशाली सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट पदबाट हटाएपछि घिसिङले ‘उज्यालो नेपाल’ अभियान घोषणा गरेका थिए ।

याे पनिपढ्नुहाेस्

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

यही अभियान लिएर शनिबार एक महिने विदेश भ्रमणबाट फर्किएका घिसिङले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी निर्माणको संकेत गरे । उनले भने, ‘धेरै सुझाव आएका छन्, पार्टीभित्र होस् वा बाहिर राम्रा व्यक्तिहरू आओस्, डेलिभरी दिन सक्ने टिम बनोस्। व्यक्तिगत रूपमा मात्रै प्रयास गरेर मात्रै हुँदैन। सामूहिक प्रयास हुनुपर्छ भन्ने नै हो। राम्रा व्यक्ति हरेक क्षेत्रमा आउनुपर्छ भन्ने हो। केही गर्छु भन्नेहरू एक भएर देश बनाउने अभियानमा लाग्नुपर्छ।’

उनले बेलायतको कार्यक्रममा पनि राजनीतिमा आउने स्पष्ट संकेत गरेका थिए । उनले नेपालका युवाहरू परिवर्तन चाहने र उनीहरूले परिणाम दिने नेतृत्व खोजिरहेको उल्लेख गरे । उनले भने, ‘यही कारण म उज्यालो नेपाल अभियानमार्फत आफ्नो यात्रालाई निरन्तरता दिइरहेको छु ।’

सबै क्षेत्रको समृद्धिकाे ‘उज्यालो मार्गचित्र’ तयार

२०७३ सालको असारबाट प्राधिकरणको नेतृत्व सम्हालेका कुलमानले यसबाहेक विभिन्न दूरगामी अर्थ राख्ने काम गर्न सफल भए । नेपाल विद्युत् प्राधिकरणमा प्रवेश गर्दा कुलमान प्राधिकरणको अवस्था नाजुक थियो। दैनिक १२ घण्टासम्म लोडशेडिङको मारमा सर्वसाधारण थिए।

उनले नेतृत्व सम्हालेको केही महिनामै काठमाडौंलाई लोडशेडिङमुक्त बनाउने घोषणा गरे। प्राधिकरणमा आउने हरेकजसो नेतृत्वले लोडशेडिङमुक्त गर्ने घोषणा गर्ने हुँदा धेरैले विश्वास गरेनन् । तर उनी सफल भए ।

घिसिङ एउटा राम्रो नीति कार्यान्वयन गर्न सक्ने कुशल व्यवस्थापक मान्छन्। कुनै बेला घाटामा रहेको आठ वर्षमा विद्युत् प्राधिकरण उनको पालामा ८४ अर्ब रुपैयाँ नाफामा पुगेको र चुहावट समेत १४ प्रतिशतले घटेको सरकारी विवरणमा देखिन्छ।

रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एकजना सामान्य किसानको छोरो कुलमान उज्यालोको बिम्बको रुपमा स्थापित छन् । अध्यारो हुदा ‘कुलमान अर्थात् उज्यालो गयो’ भन्ने भाष्य स्थापित छ । प्राधिकरणमा काम गर्दागर्दै कुलमानले चिलिमेको जिम्मेवारी पाए ।

जतिबेला उनी दशौं तहमा थिए । उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो । चिलिमे मोडल बहुचर्चित मोडल हो ।

चिलिमेमा उनले नेपालको स्रोत साधन कसरी प्रयोग गर्न सकिन्छ भन्ने आँखा खोली दिएका थिए । चिलिमेले १००० मेगावाट पनि नेपालीहरुबाटै बनाउन सकिन्छ भन्ने आँट दिएको थियो ।

स्रोतका अनुसार घिसिङले उर्जा जस्तै सबै क्षेत्रको ‘उज्यालो मार्गचित्र’ तयार पारेका छन् । ‘उहाँले उर्जा क्षेत्रमा जसरी उज्यालो दिनुभयो । ठिक त्यसै गरी मुलुकको समृद्धिको लागि शिक्षा, स्वास्थ्य, पयर्टन, कृषि, उद्योग, सुशासन सबै सबै क्षेत्रको ‘उज्यालो मार्गचित्र’ तयार छ,’ उनी निकट स्रोतले भन्यो, ‘देशलाई कसरी उज्यालो ? बनाउन सकिन्छ, त्यसको बस्तुगत आधार सहित पार्टी निर्माण हुनेछ ।’

‘उज्यालो नेपाल’ अभियान नामक विभिन्न वडा कमिटीहरु पनि धमाधम निर्माण भइरहेको छन् । स्रोतका अनुसार काठमाडौं लगायत मुलुकका विभिन्न शहरमा गरेर चार दर्जन बढी वडा कमिटीहरु निर्माण भएका छन् । अब यस लगत्तै ‘उज्यालो नेपाल’ अभियान को सदस्यता निर्माण अभियान सुरु हुने स्रोतको भनाई छ । देश तथा विदेशमा ‘उज्यालो नेपाल’ अभियानको सदस्यता लिन सार्वजनिक रुपमा अपिल गरिनेछ ।

सम्बन्धित-समाचार

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी
राजनीति

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

इटहरी । नेकपा एमालेका महिला सांसदले पछिल्लो समयमा किशोरीहरूमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।एमालेका...

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना
राजनीति

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

इटहरी । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक...

कांग्रेस विशेष महाधिवेशन : उमेदवारी मनोनयन आज

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनको तयारी

चैत्र २३, २०८२ मा प्रकाशित
अब फेरि कसैले रगत बगाउनु नपरोस्: कांग्रेस सांसद आङदेम्बे

अब फेरि कसैले रगत बगाउनु नपरोस्: कांग्रेस सांसद आङदेम्बे

चैत्र १९, २०८२ मा प्रकाशित
बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

चैत्र १८, २०८२ मा प्रकाशित
चुनावमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी, कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

चुनावमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी, कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

चैत्र १८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक
काेशी

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

✍ सूचना पाेर्टल
चैत्र २६, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ ।मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा...

अरु पढ्नुहाेस्...
श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

चैत्र २६, २०८२ मा प्रकाशित
पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

चैत्र २६, २०८२ मा प्रकाशित
युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

चैत्र २६, २०८२ मा प्रकाशित
पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

चैत्र २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    317 shares
    Share 127 Tweet 79
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    322 shares
    Share 129 Tweet 81
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    76 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    67 shares
    Share 27 Tweet 17
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    70 shares
    Share 28 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष