इटहरी । भ्रष्टाचार मुद्दाको प्रतिवाद गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज विशेष अदालतमा हाजिर हुँदै छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपाल बुधबार विशेष अदालतमा हाजिर हुन लागेका हुन्।
पतञ्जली आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको भन्दै अख्तियारले उनीमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको छ।


Discussion about this post