इटहरी । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा प्रविधिको दुरुपयोग हुनसक्ने विषयमा आयोग सहज रहेको बताएका छन् । बुधबार काठमाडौंमा निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र आयोगबीचको सहकार्यसम्बन्धी कार्यक्रममा भण्डारीले प्रविधिको दुरुपयोगले निर्वाचन बिथोलिन सक्ने भएकाले प्रविधिको दुरुपयोग हुनसक्ने आङ्कलन गरेर पहिचान गरिसकेको बताएका हुन् ।
प्रविधिको दुरुपयोगले निर्वाचनलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको सङ्लिएको माहौललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुनसक्ने उनले बताए ।उनले विश्वको नजर नेपालको निर्वाचनमा रहेकाले निर्वाचनलाई सघाउन टिकटकले गरेको सहयोग सराहनीय रहेको धारणा राखे ।
निर्वाचन नैतिकता प्रवर्द्धनका लागि टिकटकसँगको सहकार्यले भ्रामक सूचनाबारे सचेतना अभिवृद्धि गर्न र निर्वाचन प्रक्रियामा सचेत सहभागितालाई टेवा पुराउने आयोगको विश्वास छ । निर्वाचनको निष्पक्षतालाई सुदृढीकरण गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको टिकटकका प्रतिनिधिहरूले जनाएका छन् ।




























Discussion about this post