इटहरी ।आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ। हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्चदरमा घटेको हो।आज सुनको भाउ तोलाको २० हजार पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर आज सुन तोलाको तीन लाख १८ हजार आठसय रुपैयाँमा झरेको छ।
हिजो सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। सुनको यो भाउ हालसम्मकै सबैभन्दा महँगो हो। हिजो जति बढेको थियो, आज सुनको मूल्यमा त्यति नै गिरावट आएको हो। बुधबार सुनको भाउ प्रतितोला नौहजार पाँचसय रुपैयाँ बढेर तीन लाख १८ हजार आठसय रुपैयाँ पुगेको थियो।
गएको एक सातामा सुनको भाउ तोलामा ५७ हजार पाँचसय रुपैयाँ बढेर आज घटेको हो। सुनको भाउ गएको मंगलबार तोलामा तीनसय रुपैयाँ बढेर तीन लाख नौ हजार तीनसय रुपैयाँ पुगेको थियो।
























Discussion about this post