इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सुन तस्करझैँ व्यवहार गरिएको आरोप लगाएका छन् ।पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापाबाट काठमाडौं फर्किँदा विमानस्थलमा आफूमाथि सुन तस्करझैँ चेकिङ गरिएको बताए ।
उनले विमानस्थलमा आफूलाई चेकिङ गरेर हैरान पारेको उल्लेख गरे । उनले माथिको आदेश भन्दै विमानस्थलमा आफूलाई हेपिएको पनि आरोप लगाए । ‘अस्ति जाँदा त राम्रो व्यवहार गरेको थियो। हिजो फर्किँदा त नेत्र जलिसकेछ । सुन तस्करझैँ चेकिङ गरेर हैरान पारेको छ ।’, उनले भने, ‘हिजो एयरपोर्टमा हेप्यो, किन यस्तो गरेको भनेर सोध्दा माथिको आदेश छ रे ।’

























Discussion about this post