इटहरी । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले राजावादी प्रदर्शनमा मानिसहरूलाई आउन भन्दै एकै पटक एसएमएस पठाउने निर्देश सेढाईंलाई पक्राउ गरेको छ। एसपी काजीकुमार आचार्यका अनुसार, सेढाईंले ५० लाख जनालाई म्यासेज पठाएको पाइएको छ।
नेपाल टेलिकमको गेट वे प्रयोग गरी एटी अलर्टको नाममा म्यासेज पठाइएको प्रहरीले जनाएको छ । यसका लागि उनले तीनै वटा दूरसञ्चार कम्पनीसँग सम्झौता गरेको पाइएको छ। सेढाईंले दुई वटा कम्पनी प्रयोग गरी एक करोड रुपैयाँ खर्चेर म्यासेज पठाएको दाबी गरेका छन्। पक्राउ परेका सेढाईं चितवनका हुन् र कार व्यवसाय तथा पेट्रोल पम्प सञ्चालन गर्दै आएका छन् ।



























Discussion about this post