इटहरी । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ।संस्थापन पक्षसँग मंगलबार बिहान भएको वार्तामा कुरा नमिलेपछि निर्वाचन प्रक्रियालाई अघि बढाइएको हो ।सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाताका रुपमा रहेका महाधिवेशन प्रतिनिधिको नाम पनि सार्वजनिक गरिसकेको छ ।
मतदाता नामावलीको पहिलो नम्बरमा सभापति शेरबहादुर देउवाको नाम रहेको छ । त्यसैगरी मतदाता नामावलीको दोस्रो नम्बरमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम राखिएको छ ।सभापति देउवाको मतदाता नामावली विवरण ७७००१००७०१००००३/१३-१४ रहेको छ । उता वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको मतदाता नामावली विवरण ४०८०११०१०४०००९४/१०-१४ रहेको छ।पौडेलले २०७९ फागुन २८ गते राष्ट्रपति निर्वाचित भएसँगै कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर उनको राजीनामा केबल देखावटी मात्रै रहेको पुष्टि कांग्रेसको मतदाता नामावलीले गरेको छ।
राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पौडेलले कांग्रेसको सबै पदबाट राजीनामा बुझाएको बताइएको थियो ।पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका थिए।त्यसबेला पौडेल कांग्रेसको वरिष्ठ नेता पनि थिए । उता तेस्रो नम्बरमा उपसभापतिका रुपमा विमलेन्द्र निधिको नाम रहेको छ । उनको मतदाता नामावली विवरण २१७००११८०२००११९ /१२-१४ रहेको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ ।
























Discussion about this post