खोटाङमा एमालेले तोक्यो पालिका इन्चार्ज र सहइन्चार्ज
- फाल्गुन १८, २०७८ मा प्रकाशित
खोटाङ: नेकपा (एमाले) खोटाङले पालिका इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । २३ र २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशनपछि मंगलबार बसेको पहिलो सचिवालय बैठकले जिल्लाका १० वटै पालिकामा इन्चार्ज र सहइन्चार्ज तोकेको हो ।
एमाले जिल्ला उपसचिव सुरेन्द्रकुमार राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विणादेवी राई इन्चार्ज तथा दिनेश साम्पाङ र अनिसा खनाल सहइन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा रमेश तिवारी इन्चार्ज तथा किशोर श्रेष्ठ र कुमार बुढाथोकी सहइन्चार्ज तोकिएका छन् ।
ऐसेलुखर्क गाउँपालिकामा गिरेन राईले इन्चार्ज तथा पुष्पकला भुजेल र गणेश नेपालले सहइन्चार्ज, केपिलासगढी गाउँपालिकामा कृष्णकुमार राईले इन्चार्ज तथा खगेन्द्र गुरुङ र अडिराम राईले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।
खोटेहाङ गाउँपालिका इन्चार्जमा राजन बञ्जरा तथा सहइन्चार्जमा कविता राई र कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिका इन्चार्जमा तिलक बस्नेत तथा सहइन्चार्जमा शंखरबहादुर राई र विदुरमान राई तोकिएका छन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा लोकेन्द्र राईले इन्चार्ज तथा भीमबहादुर खत्री र विनोद संसारले सहइन्चार्ज, बराहपोखरी गाउँपालिकामा गोमा मगरले इन्चार्ज तथा रुद्र विष्ट र दिलबहादुर राईले सहइन्चार्ज, रावाबेँसी गाउँपालिकामा लिलानाथ निरौलाले इन्चार्ज तथा खेमराज राई र बाबुराम जोशीले सहइन्चार्ज, साकेला गाउँपालिकामा गोपीकृष्ण खड्काले इन्चार्ज तथा धनपाल राई र शिव बस्नेतले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।
१ सय ९ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीकाे जिम्मेवारी पनि बाँडफाँट भएको एमालेले जनाएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
-
ताजा मंसिर ८, २०८१रङ्गीविरङ्गी छाताले सिँगारियो झापाकाे धार्मिक पर्यटकीयस्थल दोमुखा
Comments