•  १६ मंसिर २०८१, आईतवार
  •  10:18:12 PM

इटहरीमा हर्षाेउल्लासका साथ मनाइयाे छठ पर्व (फाेटाे फिचर )

- कार्तिक २२, २०८१ मा प्रकाशित



इटहरी ।अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएर इटहरीमा पनि छठ पर्व हर्षाेल्लाससहित मनाइएको छ ।  यहाँका  पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो । इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालीकाकाे संयुक्त उपस्थितीमा सुनसरी माेरङ जाेडने बुडी गंगा मुक्ती घाट किनारमा छठ पर्व हर्षाेउल्लासका साथ छठ मनाइएकाे हाे ।

त्यस्तै इटहरीकाे तालतलैया , टेंग्रा खाेला , हवाइ चाैकस्थित पैनी लगायतलाइ सिंगारेर छठ घाट निर्माण गरी  अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएर इटहरीमा   पर्व हर्षाेल्लाससहित मनाइएको हाे ।छठ कात्तिक शुक्ल चतुुर्थीबाट सुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहानीका उदाउँदो सूर्य अर्घ्य  दिएर समापन गर्ने गरिन्छ ।

छठ पर्वको मुख्य तिथि भने आज कात्तिक शुक्ल षष्टीको दिनलाई मान्ने गरिन्छ । बर्तालुका अनुसार दउरामा विशेष गरी बोटसहितको अदुवा मुला, केरा, पिँडालु, बेसार, नरिवल, स्याउ, सुन्तला केरालगायत फलफूल, प्रसादमा ठेकुवा लिएर घाटमा पूजा आराधाना गर्ने चलन छ । अर्घ्यका लागि भने कसैली सुपारी, इलाइची, ल्वाङ, सिन्दुर चढाउने परम्परा छ ।

छठ पर्वमा महिला–पुरुष भक्तजनहरुले नदीबाट जल लिएर अस्ताउँदो वा उदाउँदो सूर्यतर्फ फर्किएर अर्घ्य  दिने गरिन्छ ।  ‘श्रद्धालु भक्तजन महिलाले आफ्नो परिवार र सन्ततीको सुखी र समृद्धिको कामना गर्दै पानी समेत नखाई व्रत बसी छठ मनाउँने गर्छन ।

Comments

सम्बन्धित खवर