इटहरीका मेयर पौडेलले भने: “आउने पुस्ताहरूले यो नेतृत्वलाई गर्व गर्न लायक बनाउँछौँ”
- कार्तिक २२, २०८१ मा प्रकाशित
छात्रवृत्तिमा नाम निकालेर पनि डाक्टर पढ्ने सपना त्याग्नुपरेकी इटहरीकी सुभेक्षाको सपना मेयर पौडेलले पूरा गरिदिए
इटहरी। इटहरी उपमहानगरपालिकाका प्रमुख मेयर हेमकर्ण पौडेलले आफ्नो नेतृत्वको स्थानीय सरकारले जनताको आशा जगाउने काम गरेको बताएका छन्। सुनसरी र मोरङ जोड्ने बुढी गंगा जमुना मुक्तिघाटस्थित मोरङको सुन्दरहरैंचामा सम्पन्न छठ पूजा समारोहलाई सम्बोधन गर्दै मेयर पौडेलले यसबारे आफ्नो विचार व्यक्त गरेका हुन्। इटहरीवासीका आधारभूत आवश्यकताहरू पूरा गर्न स्थानीय सरकार दिनरात लागिरहेको हुँदा जनतामा यो नेतृत्वप्रति आशा जागेको उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर पौडेलले समाजमा नकारात्मक टिप्पणी गर्ने जमात भए पनि जनतालाई निराश पार्ने कुनै काम स्थानीय सरकारले नगरेको दाबी गरे। जनताको भावना बुझेर स्थानीय सरकार दृढ संकल्पसहित अघि बढेको उनको भनाइ थियो।
उनले अर्को प्रसंगमा छठ पर्वलाई सबै नेपालीलाई एकै ठाउँमा जोड्ने साझा पर्वको रूपमा पनि उल्लेख गरे। विगतमा मैथिली र मधेसी समुदायले मात्र मनाउने यो पर्व अहिले सबै नेपालीको साझा पर्व भइसकेको उनले बताए। सुन्दरहरैंचामा हुँदै आएको छठ पर्वलाई थप व्यवस्थित बनाउन दुवै पालिकाबीच घनिभूत छलफल गरी निष्कर्षमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे।
छठ सेवा समिति इटहरीका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा सम्पन्न छठ पूजा समारोहमा विभिन्न व्यक्तिहरूलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा तीन जना स्रष्टाहरूका नाममा स्थापित स्मृति अक्षयकोष पुरस्कार पनि वितरण गरियो। हिरा महतो स्मृति अक्षयकोषबाट २ लाख ५० हजार रूपैयाँको कोषमा इटहरी-१० की सुभेक्षा खत्रीले नगद रू २१ हजार प्राप्त गरिन्, साथै, इटहरी उपमहानगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि हेमकर्ण पौडेलले व्यक्तिगत रूपमा थप ५१ हजार रूपैयाँ प्रदान गरेका थिए।
हिरा महतोका छोरा प्रकाश महतोले उक्त रकम हस्तान्तरण गरे। सुभेक्षाले स्कॉलरशिपमा उत्कृष्टता प्राप्त गरेकी थिइन्, तर खर्च अभावले आफ्नो डाक्टर बन्ने सपना त्याग्नुपर्ने अवस्थामा पुगेकी थिइन्। उपमहानगरले सुभेक्षाको पढाइमा लाग्ने खर्चमध्ये १५ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनी स्टेजमै भावविह्वल बनेकी थिइन्।
त्यस्तै, नन्दलाल अग्रवाल स्मृति अक्षयकोषबाट रू १ लाखको पुरस्कार, सुन्दरहरैंचा-६ की मनिषा कार्कीले रू ११ हजार प्राप्त गरिन्, र राम नारायण साह स्मृति अक्षयकोषबाट रू ५१ हजार कोषमा इटहरीकी अनुषा चौधरीले ५ हजार १ सय रूपैयाँ प्राप्त गरिन्।
कार्यक्रममा सुन्दरहरैंचास्थित नयाँ वृन्दावन गौशालाका संस्थापक दिनबन्धु शास्त्री, इटहरी उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवस पोखरेल, र इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
सम्बन्धित खवर
-
ताजा मंसिर १६, २०८१दुर्घटना राेक्न कोशीका सडकमा टाइम कार्ड लागू
-
ताजा मंसिर १६, २०८१आज पनि घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
-
ताजा मंसिर १६, २०८१भोटखोलामा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या
-
ताजा मंसिर १६, २०८१उपनिर्वाचन : उपप्रधानमन्त्री सिंहले गरे मतदान
-
ताजा मंसिर १६, २०८१सिरहामा गाडीको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका सईको मृत्युपछि राजमार्ग अवरुद्ध
Comments