बर्षाले बीपी राजमार्ग एकतर्फी सञ्चालन
- कार्तिक १९, २०८१ मा प्रकाशित
काठमाडौं । आज (सोमबार) बिहानैदेखि पानी परेपछि काठमाडौंसँग पूर्वी नेपालका जिल्लाहरुलाई जोड्ने छोटो दूरीको बीपी राजमार्ग एकतर्फी बनेको छ । अविरल वर्षाले बिपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि भकुण्डेबेसीको बीचको भाग एकतर्फी बनेको हो ।
आज बिहानैदेखि परेको पानीले काभ्रेभञ्ज्याङदेखि भकुण्डेसम्मको केही भागमा एकतर्फीरूपमा यातायात सञ्चालन भइरहेको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार राजमार्ग दुईतर्फी बनाउने प्रयास भइरहेको छ ।
असार १०, ११, १२ गते परेको वर्षाले क्षतिग्रस्त तुल्याएको राजमार्ग १३ दिनपछि अस्थायी ट्रयाक खनेर खण्ड जोडिएको थियो । सोमबार परेको पानीले बेथानचोक–४ को सलान्दु बगरलगायतका ठाउँमा गाडी फसेको गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमिल्सिनाले जानकारी दिए । ‘पानी मत्थर भएको छ । तर खोलाको बगरैबगर बाटो खोलिएको ठाउँमा माथिबाट लेदो आएको छ ।
बाटो भासिएकाले सवारी गुड्न सकेका छैनन् । कतिपय ठाउँमा गाडीमा सवार यात्रुहरू पैदल हिँड्न थालेको सुनेका छौं । क्षतिको जानकारी चाहिँ आएको छैन,’ उनले भनिन् । वर्षाले बीपी राजमार्गलाई अस्थायी बनाइएको अरू ठाउँमा पनि समस्या भएको उनले बताइन् । मौसमविद् गोविन्द झाकाअनुसार आज दिनभर बदली र वर्षातको सम्भावना छ । मंगलबारबाट मात्रै मौसममा सुधार देखिनेछ ।
प्रतिकूल मौसमले मुलुकको हवाई उडान समेत प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन् । उनका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन ।
सम्बन्धित खवर
-
ताजा मंसिर २०, २०८१Lawsuit Filed Over Measure Given The Green Light By Arkansas Arrêters That Revoked Planned Casino’s Licens
-
ताजा मंसिर २०, २०८१7 Most Successful Different Roulette Games Strategies A Complete Guid
-
ताजा मंसिर २०, २०८१Gambling Inside Singapore Wikipedi
-
ताजा मंसिर २०, २०८१No Down Payment Bonus Casino Usa 2024 Keep Just What You Win
-
ताजा मंसिर १९, २०८१Vulkan Vegas Promo Code Dezember 2024: Bis über 1000 Bonus
Comments