संखुवासभामा ‘ड्युटी’ बाट फर्किने क्रममा लडेका हवल्दारको मृत्यु
- कार्तिक १९, २०८१ मा प्रकाशित
संखुवासभा । संखुवासभामा ड्युटी सकेर फर्किने क्रममा लडेका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । असोज २९ गते खाँदबारी नगरपालिका–१ बसपार्कमा ड्युटी सकेर कार्यालयमा सञ्चार सेट बुझाएर फर्किने क्रममा लडेर घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो ।
उनी कार्यालय भवनको पहिलो तलाको भर्याङबाट अचानक लडेर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार उनलाई उपचारका लागि नोबेल मेडिकल कलेज टिचिङ विराटनगरमा लगिएको थियो । कात्तिक १७ गते थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लैजाने क्रममा बाटोमै मृत्यु भएको कार्यालयले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १६, २०८१दुर्घटना राेक्न कोशीका सडकमा टाइम कार्ड लागू
-
ताजा मंसिर १६, २०८१आज पनि घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
-
ताजा मंसिर १६, २०८१भोटखोलामा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या
-
ताजा मंसिर १६, २०८१उपनिर्वाचन : उपप्रधानमन्त्री सिंहले गरे मतदान
-
ताजा मंसिर १६, २०८१सिरहामा गाडीको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका सईको मृत्युपछि राजमार्ग अवरुद्ध
Comments