चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु
- कार्तिक २३, २०८१ मा प्रकाशित
काठमाडाैं । नारायणगढ-मुग्लिन सडकअन्तर्गत सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोकिँदा ४ जनाको मृत्यु भएको छ।मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोकिएका हुन्।
प्रहरीका अनुसार दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतक सबै हाइसका यात्रु हुन्।मृतकमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०/४२ वर्षीय राजबहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मृतकमा हायसका चालक पनि रहेको चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। तर उनको पहिचान खुल्न बाँकी छ।बसका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा अन्य ४ जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर १६, २०८१दुर्घटना राेक्न कोशीका सडकमा टाइम कार्ड लागू
-
ताजा मंसिर १६, २०८१आज पनि घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
-
ताजा मंसिर १६, २०८१भोटखोलामा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या
-
ताजा मंसिर १६, २०८१उपनिर्वाचन : उपप्रधानमन्त्री सिंहले गरे मतदान
-
ताजा मंसिर १६, २०८१सिरहामा गाडीको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका सईको मृत्युपछि राजमार्ग अवरुद्ध
Comments