इटहरी छठ पर्व : नाै बालबालिका हराए ,८ जना भेटिए , दुइ माेवाइल एक माेटरसाइकल गायब
- कार्तिक २३, २०८१ मा प्रकाशित
इटहरी । इटहरी छठ पर्वमा हराएका नौ बालबालिका मध्ये ८ जना भेटिएका छन् भने १४ वर्षीया एक बालिका भने अझै सम्पर्कविहीन बनेकी छिन्।
सुनसरी-मोरङ सिमाना बुढिगंगा मुक्ती घाटमा लागेको छठ मेला घुम्न आएको बेला हराएका नौ बालबालिका मध्ये ८ जना भेटिएको र १४ वर्षीया एक बालिका अझै सम्पर्कविहीन रहेको छठ सेवा समितिले जनाएको छ।
इटहरी-१३ की १४ वर्षीया नम्रता खवास सम्पर्कविहीन बनेको समितिले जनाएको छ। परिवारसँग मेला घुम्न आएकी खवास साथीहरूबाट छुटिएपछि उनी सम्पर्कविहीन बनेकी हुन्।
त्यस्तै, इटहरी छठ मेला घुम्न आएकी इटहरी-३ की सरस्वती लिम्बुको एक आईफोन हराएको जनाइएको छ। त्यस्तै, इटहरी-९ का बलराम न्यौपानेको निलो रङको पल्सर मोटरसाइकल पनि हराएको बताइएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर १६, २०८१दुर्घटना राेक्न कोशीका सडकमा टाइम कार्ड लागू
-
ताजा मंसिर १६, २०८१आज पनि घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
-
ताजा मंसिर १६, २०८१भोटखोलामा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या
-
ताजा मंसिर १६, २०८१उपनिर्वाचन : उपप्रधानमन्त्री सिंहले गरे मतदान
-
ताजा मंसिर १६, २०८१सिरहामा गाडीको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका सईको मृत्युपछि राजमार्ग अवरुद्ध
Comments