इटहरी डेस्क । सरकारले गम्भीरताका साथ सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री घिसिङले जेनजीको माग भ्रष्टाचार अन्त्य र सुशासन स्थापना रहेको उल्लेख गर्दै गम्भीरताका साथ कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।
मन्त्री घिसिङले युवाहरूको आशा अनुरूप देशमै बस्न र काम गर्न सक्ने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउँदै बेथिति अन्त्य गरेर समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
‘अब अनियमितता र भ्रष्टाचारको गन्ध आए पनि सहनु हुँदैन,’ मन्त्री घिसिङले भने, ‘यदि सुधार भएन भने अर्को ठूलो जनविद्रोह आउन सक्छ, जसले कसैलाई पनि नछोड्नेछ।’
उनले प्राधिकरणभित्र सुशासन सुनिश्चित गर्न निर्देशन दिँदै कुनै किसिमको अनियमितता वा भ्रष्टाचारमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गरिने स्पष्ट पारेका छन् ।



























Discussion about this post