इटहरी । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गतेदेखि बस्दै आएका ओली बिहीबार निस्किएर भक्क्तपुरको गुन्डु पुगेका हुन् ।
विहिबार अध्यक्ष ओली भक्तपुरको गुन्डु पुगेका हुन् । स्रोतका अनुसार उनलाई स्वागत गर्न महासचिव शंकर पोखरेल, महासचिव पोखरलको पत्नी तथा एमाले पोलिटव्यूरो सदस्य सुजिता शाक्य, पोलिटव्यूरो सदस्य महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महराज गुरुङ, नेतृ अञ्जना अधिकारी, ओलीका सचिवालयका किरण पौडेल लगायतका नेताहरु गुन्डु पुगेका थिए ।ओलीलाई यहाँ ल्याउने पहल पोलिटव्यूरो सदस्य बस्नेतले गरेका हुन् । बालकोटस्थित ओलीको निजी निवास आन्दोलनमा ध्वस्त भएकाले उनी गुन्डु सरेका हुन् ।
ओली संविधान दिवसमा सहभागी हुने भएका छन् । नेकपा (एमाले)को मुख्यालय च्यासलमा आयोजित संविधान दिवस कार्यक्रममा सार्वजनिक हुने एमालेका एक नेताले बताए । नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालले सञ्चारकर्मीहरुलाई पठाएको निमन्त्रणामा ओली उपस्थित हुने उल्लेख छ ।
भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएका थिए भने सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकारसमेत बनिसकेको छ।



























Discussion about this post