इटहरी । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराएको विरोधमा पत्रकार महासंघका पूर्वपदाधिकारी विरोधमा उत्रिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेको विरोधमा आइतबार काठमाडौँको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन्।
सामाजिक सञ्जालमा नियन्त्रण लाद्न खोज्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको भन्दै निर्णय फिर्ता लिन उनीहरुको माग छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई भदौ १८ देखि निष्क्रिय पार्ने निर्णय गरेको थियो।सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको परमादेशका आधारमा सामाजिक सञ्जाल निष्क्रिय बनाएको हो।



























Discussion about this post