इटहरी । सुनसरीको इटहरीस्थित किसान कल्याण सहकारी संस्थाले आर्थिक वर्ष २०८१ ,८२ मा गरेको कामहरूको समिक्षा तथा आगामी वर्ष २०८२ ,८३ को वार्षिक लक्षय हस्तानतरण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स भवन इटहरीमा सम्पन्न कार्यक्रममा संस्थाले वर्षभरी गरेको प्रगति विवरण तथा कामहरूको समिक्षा साथै आगामी वर्षकालागि थप योजना र लक्षयबारे चर्चा गरिएको थियो ।
संस्थाले अघिल्लो आर्थिक वर्षमा कुल २ करोड ४३ लाख नाफा निकालेको ,संस्थागत कोषमा १२ करोड ६४ लाख रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । साथै संस्थाले आगामी वर्ष २०८२ ,८३ कालागि कुल एक अरब ६५ करोड को अनुमानित बजेट सार्वजनिक गरेको छ ।
अघिल्लो वर्ष कुल १ अरब ५० करोडको बजेट ल्याएको साकोसले यो वर्ष १५ करोड बढाएर नयाँ बजेट ल्याएको हो । सुनसरीको इटहरी उपमहानगर सहित इनरूवा ,, बराहक्षेत्र ,रामधुनी नगरपालिका र गढि गाउपालिका गरी ४८ केन्द्रबाट सेवा दिदै आएको पनि कार्यक्रममा बताइयो । कार्यक्रममा सहकारीका कार्यकारी अधिकृत पुस्कर बस्नेतले केन्द्र प्रमुखहरूलाइ वार्षिक लक्षय हस्तानतरण गरेका थिए ।
सहकारीका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमले चालु आवका लागि शेयर सदस्य ,कर्मचारी तथा सहकारीको हक हितको विषयमा उपयोगी बजेट ल्याएको र त्यसलाइ कार्यानवयनमा ल्याउन सकरात्मक सुझाव प्रदान गरियो । इटहरी उपमहानगर १६ का वडाध्यक्ष तेज नारायण चौधरी प्रमुख अतिथी रहेको कार्यक्रममा संस्थाका शेयर सदस्य , बिभिन्न केन्द्रका केन्द्र प्रमुख तथा सदस्य ,कर्मचारी ,पत्रकारहरू लगायतको बाक्लो उपस्थिती रहेको थियो ।



























Discussion about this post