हुम्लामा हिमपहिरोको खतरा, सतर्क रहन आग्रह
- पुष ९, २०८१ मा प्रकाशित
हुम्ला । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गए रातिदेखि हिमपात सुरु भएको हो ।प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए ।
यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।
सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री ’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ९, २०८१धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री
-
ताजा पुष ९, २०८१भक्तपुरमा बाबु–छोरा हत्या प्रकरण : जेठो छोराले हत्या स्विकार्दै गरे प्रहरी समक्ष आत्मसमर्पण
-
ताजा पुष ९, २०८१राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित
-
ताजा पुष ९, २०८१पार्टीको कार्यविभाजनप्रति झलनाथ खनाल असन्तुष्ट, भन्छन्, ‘म रेस्टमा थिएँ, सल्लाह गरिएन’
-
ताजा पुष ९, २०८१पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
Comments