•  २६ मंसिर २०८१, बुधबार
  •  5:22:15 AM

दिल्लीमा उपचार गराइरहेका लाेकप्रीय मेयर हमालकाे कस्ताे छ स्वास्थ्य अवस्था ?

- मंसिर २५, २०८१ मा प्रकाशित



कैलाली । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । हमालको अहिले भारतको नयाँदिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ । नगर प्रमुख हमालको स्वास्थ्य अब शल्यक्रिया गर्नु नपर्ने अवस्थामा पुगेको भाइ श्याम हमालले जानकारी दिएका छन् ।

तर अझै केही समय निगरानीमा राखेर थप उपचार अगाडि बढाइने छ । उनका अनुसार हाल उनलाई न्युरो इन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा निगरानीमा राखिएको छ । शुक्रबार राति स्वास्थ्य समस्या भएपछि प्रारम्भिक उपचारका लागि उनलाई धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दिल्ली पठाइएको हो ।

Comments

सम्बन्धित खवर