इटहरी । साहित्य, पुस्तक र पाठकलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित इटहरीमा शनिबार साहित्य उत्सव आयोजना हुँने भएकाे छ । प्रकाशन गृह फाइनप्रिन्टद्धारा प्रकाशित पुस्तकका लेखकहरूसँग अन्तरक्रिया आयोजना हुने शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा शनिवार बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा महानायक राजेश हमालसहित ६ जना लेखक सहभागी हुँने पत्रकार सम्मेलनमा जानकाी गराइयाे । महानायक हमालको युगदेखि युगसम्म पुस्तकमा केन्द्रीत रही कवि मनु मञ्जिलले अन्तरक्रिया गर्ने जनाइएकाे छ ।
यसैगरी २०८१ को मदन पुरस्कार विजेता उरमालका लेखक छुदेन काविमोसँग नाट्यकर्मी प्रज्वल पराजुलीले अन्तरक्रिया गर्ने जनाइएकाे छ । यस्तै, २०८१ को पद्यश्री पुरस्कार विजेता पुस्तक छालबाटोका लेखक रमेश भुसालसँग डा.अस्मिता विष्टले सहजीकरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यस्तै, डा. नवराज केसीको पुस्तक स्वस्पर्शमा केन्द्रीत रही नाट्यकर्मी सोनु जयन्तीले सहजीकरण गर्नेछन् । यसैगरी ददि सापकोटाको पुस्तक ज्ञानिकामाथि पत्रकार मिलन बुढाथोकीले सहजीकरण गर्नेछन् । यस्तै, सुबिन भट्टराईको चमेलीको फूल, बैजनी रुमालमाथि कवि धीरज राईले सहजीकरण गर्नेछन् ।
पुस्तकको अन्तरक्रियाअघि ११ जना कविहरूले कविता वाचन गर्ने कार्यक्रम तय भएको फाइनप्रिन्टका सञ्चालक नीरज भारीले बताए । उक्त कार्यक्रमले पठन संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्याउने उनको विश्वास छ । काव्य डबली र शब्द प्रवाहको सहकार्यमा इटहरीमा हुन लागेको फाइनप्रिन्ट फिभरमा सहभागी हुन कुनै शुल्क नलाग्ने बताइएको छ ।




























Discussion about this post