इटहरी । नेपाली कांग्रेस औपचारिक विभाजनको नजिक छ। राजनीतिक रुपमा विभाजन भइसके पनि कानुनी रुपमा केही प्रक्रिया बाँकी छ। शेरबहादुर देउवा र गगन थापाको नेतृत्वमा कांग्रेस छुट्टा छुट्टै समूहमा विभाजन भएसँगै पार्टी कार्यालय, रुख चुनाव चिह्न र चारतारे झण्डाको विवाद सुरु भएको छ।
अहिले दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। कांग्रेस मुख्यालय सानेपामा मंगलबार रातिदेखि नै शेरबहादुर देउवा पक्षका कार्यकर्ताले अड्डा जमाएका छन्।गगन थापा समूहले पार्टी कार्यालय कब्जा गर्ने डरले मंगलबार राति डेढसय कार्यकर्ता पार्टी कार्यालयमै सुतेको सुरक्षा स्रोतले जानकारी दिएको छ।
‘हिजो राति डेढसयजति कार्यकर्ता पार्टी कार्यालयमै सुतेका थिए। आज पनि त्यतिनै कार्यकर्ता पार्टी कार्यालयमै बसेका छन्। आज राति पनि उनीहरू त्यहीँ सुत्ने बुझिएको छ’, सुरक्षा स्रोतले भन्यो।



























Discussion about this post