रौतहट । रौतहटको चन्द्रपुर–१ स्थित पूर्व–पश्चिम राजमार्गको बागमती खण्डमा बिहीबार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। घटना भएपछि स्थानीयले राजमार्ग बन्द गराएका छन्। झण्डै सात घण्टादेखिको सवारी जाम खुलाउन प्रशासन सक्रिय छ राजमार्ग बन्द हुँदा गर्मीमा यात्रुले सास्ती भोग्नु परेको छ । ठक्कर दिने गाडी कुन प्रकारको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी पत्ता लगाउन प्रहरीले सीसीटीभी जाँच गरिरहेको जनाएको छ । पैदलयात्रीलाई ठक्कर दिएपछि सवारी फरार भएको थियो।
गाडीको ठक्करबाट चन्द्रपुर–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको मृत्यु भएको हो। बिहान करिब ४÷५ बजेतिर घरबाट बाहिर निस्किएको अवस्थामा राजमार्गमा सवारीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ। जिम्बाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनाको खबरलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली पुगेको थियो।
प्रहरीले शवको मुचुल्का उठाउन खोज्दा स्थानीयले अवरोध गरेका थिए। त्यसपछि शव उठाउन नदिइएको प्रहरीले जनाएको छ। घटनापछि मृतकका आफन्तले पूर्वप–श्चिम राजमार्ग जाम गरेका छन्। जामका कारण ठूलो संख्यामा सवारीहरू सडकमै अलपत्र परेका छन्। पीडित पक्षको माग सम्बोधन गरी जाम खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालयका डीएसपी राजकुमार राईले बताए।


Discussion about this post