इटहरी । सेयरबजार आइतबार ४.४५ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त अंकले बढेर २८२४.९० विन्दुमा पुगेको हो। यस दिन १४ अर्ब ३२ करोडको किनबेच भएको नेप्सेले जनाएको छ। साताको पहिलो कारोबार दिन ग्रिनलाइफ हाइड्रोपावर एउटैको ८१ करोडको सर्वाधिक कारोबार भएको हो।
यसबाहेक रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रो, राधी विद्युत्को क्रमशः ६७ करोड, ६२ करोड, ५५ करोड र ४५ करोडको खरिदबिक्री भएको छ। ३ करोड ९५ लाख कित्ता सेयर किनबेचपछि कारोबार रकम १४ अर्ब नाघेको नेप्सेले जनाएको छ।
यो कारोबारमा १२४ वटा सेयरको मूल्य बढेको छ। जसमा सोलु हाइड्रोको १० प्रतिशत, सालपा विकास बैंक ९.९९ प्रतिशत, होटल फरेस्ट इन ९.९३ प्रतिशत, ग्रिनलाइफ हाइड्रो ९.५३ प्रतिशत र अभियान लघुवित्त ५.३१ प्रतिशतले बढेको छ। यस दिन १३० वटा सेयरका धनीहरुले भने गुमाएका छन्। नेप्सेका अनुसार ९ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
सबैभन्दा धेरै गुमाएका दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले प्रतिकित्ता ८१ रुपैयाँ नोक्सानी व्यहोर्दा खानीखोला हाइड्रो, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, थ्रिस्टार हाइड्रो र हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य क्रमशः ५.१५, ३.६६, ३.३५ र ३.३० प्रतिशतले घटेको छ। आइतबार होटल र पर्यटन, लगानी, जीवन बीमा, सामूहिक लगानीका सूचक घटे भने बाँकी बढेका छन्।

























Discussion about this post