इटहरी । महिला शिप विकास केन्द्रद्वारा सञ्चालन हुने “उद्यमी घर परियोजना” का लागि अक्षयकोष स्थापना गर्ने मुख्य उद्देश्यका साथ आगामी चैत्र ५ गतेदेखि ११ गतेसम्म आयोजना हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञकाे तयारि तिब्र पारिएकाे छ । महायज्ञ अन्तरगत विभिन्न समितिहरू गठन गरि प्रचार प्रसारलाइ तिब्र पारिएकाे केन्द्रकि अध्यक्ष राधिका थापाले बताउनुभयाे ।
अध्यक्ष थापाकाे अनुसार उक्त धार्मिक कार्यक्रम गायत्री परिवारको सहकार्यमा सञ्चालन हुने छ भने विभिन्न विद्वान पण्डितहरूबाट प्रवचन तथा कथा वाचन गरिनेछ। कार्यक्रमको सुरुवात चैत्र ५ गते बिहान ७ बजे कलश यात्राबाट गरिनेछ भने सोही दिन बिहान ११ बजे औपचारिक उद्घाटन कार्यक्रम आयोजना गरिनेछ। चैत्र ६ गतेदेखि नियमित पूजा कर्म तथा कथा वाचन कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।
महायज्ञ अवधिभर बिहान १० बजेदेखि दैनिक जीवन दर्शन सत्संग तथा साँझ ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन आरती र सामाजिक सम्मान कार्यक्रम सञ्चालन गरिनेछ। साथै पितृ उद्धारका लागि ऊँकार बत्ती प्रज्वलन समेत गरिने कार्यक्रम रहेको छ।
कार्यक्रमको समापन अवसरमा सामूहिक गुन्युचोली, ब्रतबन्ध, गीत–गजल प्रस्तुति तथा भिडियो विमोचन लगायतका विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार महायज्ञबाट संकलित सहयोग रकम महिला शिप विकास केन्द्रद्वारा सञ्चालन हुने उद्यमी घर परियोजना का लागि अक्षयकोष स्थापना गर्न प्रयोग गरिनेछ।



























Discussion about this post