इटहरी । सुनसरीकाे इटहरीमा धनकुटा इटहरी समाजकाे भवन शिलन्यास गरिएकाे छ । इटहरी उपमहानगरका मेयर हेमकर्ण पाैडेलले बिहीबार बिहान साे भवन शिलन्यास गरेका हुन । शिलन्यास कार्यक्रममा बाेल्दै मेयर पाैडेलले समाजले इटहरीमा रहेका धनकुटेलीहरूबीच सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा आपसी सहयोग प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । भवन निर्माण सम्पन्न भएपछि संस्थाका गतिविधिहरू अझ व्यवस्थित र प्रभावकारी बन्ने उनकाे धारणा थियाे ।
समाजका अध्यक्ष देशबन्धु कार्कीको नेतृत्वमा सुरु गरिएको भवन निर्माण कार्य समाजको दीर्घकालीन योजनाअनुसार अघि बढाइएको बताइएकाे छ । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले आफ्नै भवन निर्माण समाजको पुरानो सपना भएको उल्लेख गर्दै यसले इटहरी–सुनसरी क्षेत्रमा बसोबास गर्ने धनकुटेलीहरूलाई अझ संगठित र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
धनकुटा–इटहरी सम्पर्क समाज विगतदेखि नै इटहरी क्षेत्रमा बसोबास गर्ने धनकुटा जिल्लाका नागरिकहरूबीच सम्बन्ध सुदृढ गर्ने साझा मञ्चका रूपमा सक्रिय रहँदै आएको छ। आफ्नै भवन निर्माणसँगै बैठक, अन्तरक्रिया, सामाजिक कार्यक्रम तथा आपतकालीन सहयोग व्यवस्थापनका कार्यहरू सञ्चालन गर्न सहज हुने विश्वास लिइएको छ। स्थानीय धनकुटेलीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न शिलान्यास कार्यक्रमले समाजप्रतिको अपनत्व र प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ।




























Discussion about this post