इटहरी । सुनसरी जिल्ला क्षेत्र नम्बर ३ की उम्मेदवार भगवती चौधरीले जनताको जीवनस्तर परिवर्तन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्। आफू पद र प्रतिष्ठाका लागि नभई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित राजनीतिमा आएको उनले बताएकी छन्।
आफ्नो सन्देशमार्फत चौधरीले सुनसरी–३ का प्रत्येक घरआँगनमा खुशीयाली र अनुहारमा मुस्कान ल्याउने लक्ष्य लिएको उल्लेख गरिन्।
युवालाई रोजगारीको अवसर सिर्जना गर्ने, महिलालाई सशक्त बनाउने, किसानलाई मल, बीउ र आधुनिक उपकरण उपलब्ध गराउने तथा समग्र क्षेत्रको दिगो विकास गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।उनले जनतासामु गफ र आश्वासन मात्र होइन, काम गरेर देखाउने प्रतिबद्धता दोहोर्याउँदै जनताको भरोसालाई नै आफ्नो सबैभन्दा ठूलो शक्ति बताइन्।
चौधरीले समृद्ध सुनसरी–३ निर्माणका लागि सबै मतदातालाई एकजुट हुन आग्रह गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनाव चिन्ह सूर्यमा मतदान गर्न आह्वान गरेकी छन्।“म तपाईंहरूकै छोरी, दिदीबहिनी र साथी हुँ। तपाईंहरूको विश्वास र साथले नै सुनसरी–३ लाई विकास र समृद्धिको नयाँ यात्रामा अगाडि बढाउन सकिन्छ,” उनले आफ्नो सन्देशमा उल्लेख गरेकी छन्। उनको यो प्रतिबद्धताले स्थानीय मतदातामा विकास र परिवर्तनको अपेक्षा थप बलियो बनेको देखिएको छ।




























Discussion about this post