इटहरी । आउने फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ ठुला राजनैतिकदलले महिला उम्मेदवार कमै मात्रामा पठाएको पाइएको छ । निर्वाचन आयोगकाअनुसार १६५ सिटको प्रत्यक्ष निर्वाचनमा ३८८ महिला उम्मेदवार छन् । जसमा दलबाट २३१ र १५७ स्वतन्त्र छन् । ठुला दलबाट त महिला उम्मेदवारी नगन्य छन् ।
यी मध्य महिला उम्मेदवार उठाउनेमा सबै भन्दा कम एमाले रहेको पाइएको छ भने धेरैमा पठाउनेमा नेपाल मजदुर किसान पार्टी रहेको छ । कांग्रेसले ११, एमालेले १० र नेकपाले १२ महिला उम्मेदवार उठाएको छ ।
त्यस्तै, रास्वपा १६, जसपा नेपालले आठ र राप्रपा आठ महिला उम्मेदवार उठाएको छ । नेमकिपाले सबैभन्दा धेरै ५४ र आमजनता पार्टीले २५ महिला उम्मेदवार बनाएको छ । मंगोल नेसनल अर्गनाइजेसनले १५, राष्ट्रिय जनमोर्चाले नौ,श्रम संस्कृतिले सात, उज्यालो नेपाल र मितेरी पार्टी नेपालले ६–६ जना महिला उम्मेदवार बनाएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पाँचजना उम्मेदवार बनाएको छ भने चारजना महिला उम्मेदवार बनाउनेमा जनमत, नागरिक उन्मुक्ति नेपाल, नेकपा माओवादी, नेसनल रिपब्लिक नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी छन् ।
त्यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपाल र राष्ट्रनिर्माण दलले तीन–तीन तथा प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले दुई–दुईजना महिला उम्मेदवार बनाएको छ । यसबाहेक प्रजातान्त्रिक पार्टी नेपाल, गतिशील लोकतान्त्रिक पार्टी, जसपा, नेपाली जनता पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल जनसेवा पार्टी, समावेशी समाजवादी पार्टी, सार्वभौम नागरिक पार्टी र नेकपा संयुक्तका एक–एकजना महिला उम्मेदवार छन् ।

























Discussion about this post