इटहरी । विदेश पठाउने भन्दै ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० मा रहेको ह्याप्पी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक चितवनको राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाल छन् ।
अध्ययन भिसामा २ विद्यार्थीलाई पोर्चुगल पठाउने भन्दै २१ लाख ७० हजार जम्मा गर्न लगाई उनी फरार भएका थिए । यो घटनामा उनलाई प्रहरी वृत्त लैनचौरले पक्राउ गरेको हो ।उनै सिलवालले आफ्नो परिचय बदलेर केदार प्रसाद सिलवाल भन्दै अन्य व्यक्तिलाई पनि ठगी गरेको पाइएको हो । स्पेनमा विद्यार्थी भिसामा पठाउने भनदै उनले १२ लाख ४० हजार ठगी गरेको आरोप छ ।
त्यस्तै चार जनालाई सर्बिया पठाउने भन्दै २१ लाख ९० हजार ५ सय जम्मा गर्न लगाई ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । स्पेन पठाउछु भन्दै थप तीन जनाबाट १२ लाख ठगी गरेको आरोप उनीमाथि छ ।



























Discussion about this post