इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको निवासमा चोरी भएको भन्ने सूचनाबारे प्रारम्भिक जाँचपछि प्रहरीले त्यस्तो घटना नभएको निष्कर्ष निकालेको छ ।काठमाडौँ प्रहरी परिसरका डिएसपी कौशल बुढाथोकीका अनुसार घटनास्थलको अवलोकन गर्दा घरभित्रबाट कुनै सामान हराएको वा तोडफोड गरिएको प्रमाण फेला परेको छैन ।
घरको ढोकामा रहेको ग्रिल भाँचिएको अवस्थामा देखिए पनि चोरीसँग सम्बन्धित कुनै गतिविधि नदेखिएको प्रहरीले जनाएको छ ।प्रहरीले प्रारम्भिक अनुसन्धानमा चोरी भएको संकेत नदेखिए पनि घटनाको यथार्थ पत्ता लगाउन थप अनुसन्धान प्रक्रिया जारी राखिएको जानकारी दिएको छ ।

























Discussion about this post