जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् ।अरङका स्थानीय पाँच दलित परिवारको घरमा तोडफोड गरेको आरोपमा प्रहरीले वडाअध्यक्ष यादवसहित तीन जनालाई पक्राउ गरेको हो ।
सो घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए । अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।प्रहरीका अनुसार असोज १ गतेको विश्वकर्मा पूजाको दिन गाउँमा ल्याइएको आर्केस्ट्रामा हो–हल्ला भएपछि विवाद भएको थियो ।
त्यही बेला दलित परिवारलाई उठिबास गराउने धम्की दिएपछि ३ असोजमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा उनीहरूले शान्ति सुरक्षाका लागि निवेदन दिएका थिए ।आफूहरूविरुद्ध प्रहरी गुहारेको भन्दै बस्तीमा आएर तोडफोड गरिएको पीडित सोभित पासमानले बताए ।
पीडितहरूले कल्याणपुर प्रहरीलाई बेलैमा खबर गरेको भए पनि त्यहाँबाट गएका प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको उनीहरूको गुनासो छ।



























Discussion about this post