इटहरी डेस्क । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले नेतृत्व परित्याग गरेर अभिभावक बन्न सुझाव दिएका छन् । अन्यथा विद्रोह गर्ने उनको चेतावनी छ ।आफूहरूले विद्रोह नगरे जनताले वहिष्कार गर्ने सम्भावना किरातीले औँल्याएका छन् ।
जेनजी आन्दोलनपछि सबै प्रमुख दलको नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेता पूर्वमन्त्रीसमेत रहेका किरातीले सामाजिक सञ्जालमार्फत् अहिलेको नेतृत्व पुस्ताले अब बिदा लिनुपर्ने बताएका हुन्।
‘इतिहासमा योगदान गर्नु भएका अग्रज नेताहरूले सम्मानित भइराख्न र पार्टीको साख बचाई राख्न जिम्मेवारी परित्याग गरी अभिभावकत्वको भूमिका ग्रहण गर्नु उचित हुनेछ,’ उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसो नगरे हाम्रो पुस्ताले उहाँहरूविरुद्ध विद्रोह गर्न बाध्य हुनु पर्नेछ। नत्र जनताले हामीलाई बहिस्कार गर्ने छन्। अब के गरौँ ?’


























Discussion about this post