
पाथीभरा हिमपात, तीर्थ यात्रीहरू प्रभावित
- माघ २१, २०७८ मा प्रकाशित
ताप्लेजुङ: ताप्लेजुङमा चौथो पटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो ।
हिमपातले बाटो पुरिएपछि तीर्थयात्रीहरूलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । ‘आज बिहान ३० जना तीर्थ यात्रीहरू पाथीभार मन्दिर क्षेत्र प्रवेश गरेका छन् । हिमपात निरन्तर छ । हिउँले बाटो पुरै छोपिएको छ । बाटो अनुमान गर्दै जानुपर्ने अवस्था छ,’ उनले भने ।
पाथीभरामा जानुभन्दा पनि फकिर्न समस्या हुने गरेको महतले बताए । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुने गरेको उनकाे भनाइ छ । पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भएको हो ।
यता समुद्र सतहदेखि चार हजार २०० मिटर उचाईमा अवस्थित फक्ताङलुङ गाउँपालिका-७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरूमा बिहीबारदेखि हिमपात हुन थालेको छ । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएको घुन्साका स्थानीय केल्साङ शेर्पाले जानकानरी दिए ।
हिमपातले जनजिवन प्रभावित हुनका साथै पशुचौपायसमेत प्रभावित हुने गरेको घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले जानकारी दिए । समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र फले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ । मिक्वाखोला गाउँपालिका-६ तोक्पेगोला र पापुङ बस्तीहरूमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका-६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।
हिमपात भएसँगै यता सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ । अत्यधिक जाडोले जनजीवन प्रभावितन भएको छ । ताप्लेजुङमा याे वर्ष पहिलो पटक १३ र १४ पुसमा हिमपात भएको थियो । दाेस्रो २९ पुसमा हिमापात भएको थियो । तेस्रो ७ माघमा हिमपात थियो भने अहिले चौथो पटक ताप्लेजुङमा ठूलो हिमपात भएको हो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments