इटहरी । सुनसरीको झुम्का कारागारको ब्लक ‘बी’ बाट ४०० भन्दा बढी कैदी निस्किएका छन् । जेन जी पुस्ताले थालेको आन्दोलनका क्रममा मंगलबार राति आन्दोलनकारी कारागार पुगेर ब्लक ‘बी’ का कैदीलाई निकाल्नुपर्ने माग राखेपछि धमाधम निस्किएको जेलर सुभाष लामिछानेले बताए ।
‘ब्लक बीबाट आधाजसो ४०० हाराहारी निस्किएको सूचना छ, अरु पनि धमाधम निस्किदैछन, अब भोलि बिहान मात्र विस्तृत थाहा हुन्छ,’ मंगलबार राति अबेर भने । उनका अनुसार सेनालाई खबर गरेपनि अहिलेसम्म पुगीसकेको छैन् । प्रदर्शनकारी ‘ए’ मा गएकाले त्यहाँबाट निस्किए÷ननिस्एिको सूचना भने छैन । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरि १ हजार सात सय ९८ जना कैदी रहेका छन् ।



























Discussion about this post