काठमाडाैं । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच संयुक्त अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’ काठमाडौँमा सुरु भएको छ। सगरमाथा फ्रेन्डसिपको पाँचौँ संस्करण अन्तर्गत आइतबारदेखि संयुक्त अभ्यास सुरु भएको हो। भदौ ३१ गतेसम्म सञ्चालन हुने अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन प्रतिआतंकवाद लगायतका विषयहरुमा ज्ञान आदान प्रदान हुनेछ।
२०७४ सालबाट सुरु भएको अभ्यास नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आएको छ। नेपाली सेनाले विभिन्न विषयमा क्षमता आदानप्रदान गर्ने उद्देश्यले छिमेकी देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ।

























Discussion about this post