उपसभामुखलाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी
- श्रावण ४, २०८१ मा प्रकाशित
इटहरी । उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् ।
उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउन माग गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारेमा सभामुख देवराज घिमिरेलाई जानकारी गरेको बताए ।
उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो । संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्ट्याटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो । त्यही कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई आफूसँग लाने प्रक्रिया अघि बढाएकी थिइन् ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २३, २०८१चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु
-
ताजा कार्तिक २३, २०८१‘कबड्डी ४’ लाई उछिन्दै विराजको ‘१२ गाउँ’ ले बनायो बक्सअफिसमा नयाँ रेकर्ड
-
ताजा कार्तिक २३, २०८१विजय बरालको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सातामै कमायो सवा ८ करोड
-
ताजा कार्तिक २३, २०८१त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द
-
ताजा कार्तिक २३, २०८१खाेटाङमा मृग भनेर हानेको गोली आफ्नै साथीलाई लागेपछि …
Comments