इटहरी डेस्क । सुनचाँदी व्यवसायीले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।गएराति अर्थमन्त्रालयमा भएको वार्तामा सरकारसँग ६ बुँदे सहमति भएपछि आन्दोनलका सबै कार्यक्रम स्थगित गरिएकाे सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सहमतिसँगै आजदेखि आफ्नो व्यवसायमा फर्किने व्यवसायीले बताएका छन्। सरकारले सुन र हिरामा लगाएको विलासिता कर खारेज हुनुपर्ने मागसहित सुनचाँदी व्यवसायीहरु पसल नै बन्द गरेर आन्दोलनमा उत्रिएका थिए।
व्यवसायी र सरकारबीच विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमति भएको छ। यसका लागि सरकारको तर्फबाट अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति भएको छ।
उक्त कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंकका प्रतिनिधि तथा सम्बन्धित महासंघ र समितिका पदाधिकारी रहनेछन्। कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहने सहमतिपत्रमा उल्लेख छ।
उक्त कार्यदलले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न कानुनी तथा नीतिगत व्यवस्था, छिमेकी मुलुकमा लाग्ने राजस्वदरसँग सामञ्जस्य हुने गरी दर कायम गर्ने लगायत विषयमा सिफारिस गर्ने सहमति भएको छ।
हेर्नुहोस् ६ बुँदे सहमति


























Discussion about this post