
इटहरी ४ का मतदाताको आशीर्वाद लिँदै गठबन्धनका उम्मेदवार विक्रमबाबु थापा
- बैशाख २२, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा गठबन्धनका तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका विक्रमबाबु थापा मतदाताको आशीर्वाद लिन व्यस्त छन् । आफूसहित आफ्नो समूहबाट उम्मेदवारी दिएका आकांक्षीलाई जिताइदिन अपिल गर्दै उनी जनताका घरदैलोमा पुगिरहेका छन् । आफूप्रति मतदाताको विश्वास पर्याप्त रहेकाले आफ्नो जित लगभग निश्चित भएको थापाको जिकिर छ ।
उनी भन्छन् ‘विभिन्न सङ्घ संस्थामा रहेर गरेका सकारात्मक कार्यहरूका कारण आज पार्टीले विश्वास गरेर वडाध्यक्षमा टिकट पाएको छु । आम मानिसहरूको साथ पाएको छु सो कारण चुनाव जित्नेमा ढुक्क छु ।’
आफूले चुनाव जितेको अवस्थामा भेदभावरहित तरिकाले समान रूपमा सेवा प्रदान गर्ने बताए । उनले यस पटक इटहरी ४ मा जनताले परिवर्तन आवश्यक रहेको बुझेका कारण आफूहरूले चुनाव जित्ने दाबी गरे । थापाको प्यानलमा नेपाली काङ्ग्रेसबाट खुल्ला महिला सदस्यमा शान्ताकुमारी न्यौपाने, सुषमा बर्देवा (सुनसरी), खुल्ला सदस्यमा रोशन कुमार तामाङ र खुल्ला सदस्यमा माओवादी केन्द्रका चहकमान भण्डारी उम्मेदवार छन् ।
खोटाङको दोर्पामा २०४३ भदौ १७ गते जन्मिएका उनी २०५२ सालमा इटहरी आएका हुन् । विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा होमिएका उनी कक्षा सातमै अध्ययन गर्ने क्रममा नेविसंघको इकाई सभापति भएका थिए । उनीमा बिस्तारै राजनीतिक मोह बढ्दै गयो । १५ वर्ष अघिदेखि क्रियाशील सदस्य लिएका उनी हाल काँग्रेस इटहरी ४ का सभापति समेत हुन् । पार्टीमा वडा सदस्य, वडा सचिव हुँदै हाल १४ औँ महाधिवेशनमा उनी सभापतिमा विजयी भएका हुन् । यसअघि टोल विकासको अध्यक्ष रहँदा उनले खेल क्षेत्रमा पनि सकारात्मक काम गरेका छन् । ०७२ सालदेखि खेलकुद क्षेत्रमा काम गर्दै आएका उनी हाल भलिबल सङ्घ प्रदेश १ का सदस्य समेत रहेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments