इटहरी । कांग्रेसले आज निर्वाचन प्रक्रियामार्फत संसदीय दलको नेता छान्दैछ। संसदीय दलको नेता चयनका लागि शुक्रबार अपराह्न ३ बजेदेखि उम्मेदवारी दर्ताको समय तोकिएको छ। अपराह्न ४ः ४० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने र साँझ ५ बजेटबाट मतदान सुरु हुने कांग्रेसले जनाएको छ। संसदीय दल नेताकाे चयन गर्न गठित निर्वाचन समितिले हिजो मात्रै संसदीय दलको विधान पारित गरेको थियो।
गत फागुन २१ को निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकबाट ३८ सिट जितेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलले संसदीय दलको नेता चयन गरे पनि सहमित हुन नसक्दा कांग्रेसले अझै नेता चयन गर्न सकेको छैन। आकांक्षी धेरै हुँदा कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसकेको हो।
कांग्रेसमा मुख्यगरी अर्जुन नरसिंह केसी, भिष्मराज आङ्दाङ्बे र मोहन आचार्य संसदीय दलको नेताका आकांक्षी छन्। नेता केसीले भने निर्वाचन हुने अवस्था आए आफूले उम्मेदवारी नदिएका बताउँदै आएका छन्।


























Discussion about this post