
उद्योग वाणिज्य संघबाट गर्न नसकेको काम जनप्रतिनिधि बनेर गर्ने पोख्रेलको तर्क
- बैशाख २१, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ६ मा गठबन्धनका तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार बनेका दिवस पोख्रेलले उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षको रुपमा आफूले गर्न नसकेका कामहरु जनप्रतिनिधि बनेपछि सम्पन्न गर्ने बताएका छन् ।
इटहरीलाई व्यावसायिक हिसाबले सबल बनाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ । “एक पसल दुई फुल, टेङ्ग्रा खोलामा पर्यटकीय पुल” भन्ने नाराका साथ उनी चुनावी अभियानमा छन् । दातृ निकायबाट सहयोग मागेर भएपनि पार्किङव्यवस्थापनलाई चुस्तदुरुस्त पारिने बताउँदै उनले शहरको अत्यावश्यक आवश्यकताका रुपमा रहेको सार्वजनिक शौचालय निर्माणलाई प्राथमिकताका साथ सम्पन्न गर्ने उल्लेख गरे ।
सडक विभागको सहयोगमा बजारबाट बग्ने पुराना पैनीहरुलाई व्यवस्थित गरी बजारको ढललाई व्यवस्थित बनाई स्वच्छ वातावरण सुनिश्चित गर्ने आफ्नो योजना रहेको पनि पोख्रेलले सुनाए । पोख्रेलसँगै उनको समूहमा खुल्ला महिला सदस्यमा रमला तामाङ, दलीत महिला सदस्य मीना रसाइली, खुल्ला सदस्यमा दलबहादुर प्रधान (दिनेश) र नवीन तामाङ चुनावी दौडमा होमिएका छन् । नेकपा एमालेका उमेश पौडेल र राप्रपाका अनिल सुब्बा पोख्रेलका प्रतिद्वन्द्वी उम्मेदवारहरु हुन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments