
धरानमा पार्टीको विधान अटेर गर्ने कांग्रेस उम्मेदवार कारवाहीमा
- बैशाख २०, २०७९ मा प्रकाशित
इटहरीः पार्टीको विधान र विधि विपरित धरान वडा नं १ का वडाअध्यक्षका उम्मेदवार रोशन अधिकारी र वडा नं १४ का वडाअध्यक्षका उम्मेदवार कृष्ण भट्टराईलाई नेपाली कांग्रेसले कारवाही गरेको छ ।
पार्टीले विधान र विधिविपरित अर्को पार्टीबाट उम्मेदवारी दिएको भन्दै साधारण सदस्यता खारेज गरेको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव वीरेन्द्र साहले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को दफा ३४ ९१० अनुसार कारवाहीस्वरुप साधारण सदस्यता खारेज गरेको जानकारी दिएका छन् ।
कारवाहीमा पर्ने वडा १ का अधिकारी र वडा १४ का भट्टराई २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट निवार्चित भएका थिए । उनीहरु दुवैले वडा अध्यक्षमा दोहोरिन चाहेको भन्दै राजीनामा पनि दिए तर कांग्रेसबाट टिकट नपाउने भएपछि उनीहरुले राप्रपाबाट वडा अध्यक्षमा उम्मेद्वारी दिएका थिए ।
दुवैले पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरित कार्य गरेको, पार्टीको विधान, नियमावलीविपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टीको उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएकोले विधानबमोजिम अनुशासनको कारवाही भएको कांग्रेसले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments