इटहरी । संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक कुमार चौधरी चयन भएका छन्। समितिको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको हो।
सभापतिमा चयन भएपछि चौधरीले कृषि क्षेत्रको आधुनिकीकरण, सहकारी क्षेत्रको सुधार तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले किसानको समस्या समाधान, सहकारी क्षेत्रलाई व्यवस्थित बनाउने तथा प्राकृतिक स्रोतको संरक्षण र उपयोगमा प्रभावकारी नीति निर्माणमा समितिले सक्रिय भूमिका खेल्ने बताए।
उक्त समितिले कृषि उत्पादन वृद्धि, सहकारी संस्थाको नियमन तथा प्राकृतिक स्रोतको संरक्षणसम्बन्धी नीति, कार्यक्रम र कानुनमाथि आवश्यक अध्ययन तथा निगरानी गर्ने जिम्मेवारी पाएको छ।

























Discussion about this post