एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सैन्य कारबाहीबाट बच्ने भए दुईवटा काम गर्नुपर्ने बताएका छन्।बीबीसीका अनुसार अमेरिकाले खाडी क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेका बेला ट्रम्पले इरानलाई आक्रमणको चेतावनी दिएका हुन्।ट्रम्पले भनेका छन्, ‘पहिलो- आणविक हतियार नराख। र, दोस्रो- प्रदर्शनकारीहरूलाई मार्न बन्द गर।’उनले इरानमा जारी विरोध प्रदर्शनमा ‘हजारौँ मानिस मारिएको’ आरोप लगाएका छन्।
ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘धेरै ठुला र शक्तिशाली अमेरिकी जहाज हाल इरानतिर गइरहेका छन्। हामीले तिनको प्रयोग गर्न नपरे राम्रो हुनेछ।’जवाफमा इरानले पनि अमेरिकालाई कडा चुनौती दिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघ्चीले कुनै पनि आक्रमणको प्रतिकार गर्न देशको सशस्त्र बल पूर्ण रूपमा तयार रहेको बताएका छन्।‘कुनै पनि आक्रमण भएमा इरान तुरुन्तै र पूर्ण शक्तिका साथ जवाफ दिन तयार छ’, उनले भनेका छन्, ‘सेनाका औँला ट्रिगरमा छन्।’ट्रम्पले केही हप्तादेखि इरानलाई आणविक कार्यक्रममा सम्झौता गर्न दबाब दिइरहेका छन्।
बीबीसी खोजबाट पत्ता लागेका कुरा
‘ओपन-सोर्स टुल्स’ प्रयोग गरेर बीबीसी भेरिफाईश्वरको ले हालै यस क्षेत्रमा गरिएका अमेरिकी सैन्य तैनाथीमध्ये केहीको ट्र्याक गरेको छ।यस क्रममा स्याटेलाइट तस्बिरले देखाउँछन्- कम्तीमा १५ लडाकु जेट जोर्डनको मुवाफक एयर फोर्स बेसमा आइपुगेका छन्।साथै जोर्डन, कतार र हिन्द महासागरमा डिएगो गार्सियामा रहेका सैन्य अड्डामा आइपुगेका विमानको संख्या बढेको पनि देखिएको छ।
बीबीसी भेरिफाईले मध्यपूर्व क्षेत्रमा आइपुगेका दर्जनौँ कार्गो तथा इन्धन भर्ने विमान पहिचान गरेको छ। फ्लाइटराडार-२४ ट्र्याकिङ साइटमा इरानी हवाई क्षेत्रनजिकै ड्रोन र पी-८ पोसेडन जासुस विमान उडिरहेका पनि देखिएका छन्।अमेरिकाका एक रक्षा अधिकारीले बीबीसी भेरिफाइसँग पुष्टि गरेका छन्, ‘ट्रम्पले उल्लेख गरेको नौसेना ‘आर्माडा’को नेतृत्व गर्ने यूएसएस अब्राहम लिंकन विमानवाहक युद्धपोत पनि मध्यपूर्व आइपुगेको छ।’
सोमबार फ्लाइटराडार-२४ ले ओमानमा ओस्प्रे विमान अवतरण गरेको पत्ता लगाएको छ। जुन विमान खाडी क्षेत्रबाट आएको थियो र यसले ‘अब्राहम लिंकन’ जहाज वरपर सक्रिय हुन सक्छ भन्ने संकेत गरेको छ। रिस्क एडभाइजरी फर्म सिबिलिनकी प्रमुख विश्लेषक मेगन सटक्लिफले भनिन्, ‘बितेका दुई हप्तामा अमेरिकाले यस क्षेत्रमा आफ्ना नौसेना र हवाई संसाधनको तैनाथी द्रुत गतिमा बढाएको छ, जसले गर्दा उसको क्षेत्रीय उपस्थिति उल्लेखनीय रूपमा बलियो भएको छ।’
स्याटेलाइन तस्बिरले के पनि देखाएका छन् भने कम्तीमा दुईवटा अमेरिकी निर्देशित मिसाइल विनाशक र तीन युद्धपोत बहराइनमा धेरै महिनादेखि तैनाथ छन्।साथै तस्बिरले इरानले गत वर्षदेखि मात्र सञ्चालित आफ्नो ड्रोनवाहक आईआरआईएस सहिद बाघेरी इरानको तटनजिकै तैनाथ गरेको संकेत गरेका छन्।



























Discussion about this post